विद्युत प्राधिकरणले सेवा प्रदायकहरुलाई भन्यो- पोल भाडा रकम तिर्नका लागि सम्झौता गर्न आऊ

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार
विद्युत प्राधिकरणले सेवा प्रदायकहरुलाई भन्यो- पोल भाडा रकम तिर्नका लागि सम्झौता गर्न आऊ

काठमाडौं ।

हालै देशका विभिन्न स्थानहरुमा इन्टरनेट सेवाको तार काटिदिएको नेपाल विद्युत प्राधिकरणले पोल भाडा तिर्नका लागि टेलिफोन/इन्टरनेट/केबल टि.भी. सेवा प्रदायकहरुलाई सम्झौता गर्न आउन भनेको छ।

प्राधिकरणले असोज १७ गते भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालको अध्यक्षतामा २०७८ असोज १७ गते ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकमका प्रतिनिधिहरू छलफल र सहमतिअनुसार पोल भाडा रकम तिर्नका लागि स्वघोषणा गरी सोको पुष्टि गर्ने कागजातहरूसहित सम्झौता गर्न आउन भनेको हो ।

“नेपाल विद्युत प्राधिकरणका विद्युत पोलहरू प्रयोग गर्ने सम्पूर्ण टेलिफोन/इन्टरनेट/केबल टि.भी. सेवा सञ्चालन गर्ने सेवा प्रदायक संस्थाहरूले २०७८ कार्तिक मसान्तभित्र आफूले सेवा सञ्चालनका लागि पोल प्रयोग गरेको स्थान, प्रयोग परिमाण (कि.मी.) तथा पोलको भाडा भुक्तानी गर्न बाँकी अवधिको स्वघोषणा गरी सोको पुष्टि गर्ने कागजातहरू सहित नेपाल विद्युत प्राधिकरणका स्थानीय वितरण केन्द्रहरू मार्फत सम्बन्धित प्रादेशिक कार्यालयमा पेस गरी सम्झौता गरी (निश्चित अवधिभित्र सोको संयुक्त प्रमाणीकरण गर्ने गरी) सेवा सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ,” प्राधिकरणको सूचनामा भनिएको छ।

सूचनामा आफूले तार काटेको स्वीकार गर्दै विद्युत प्राधिकरणले सो छलफलमा समस्याको समाधानका लागि सेवा प्रदायकहरूले विद्युतका पोलहरू प्रयोग गरेको स्थान, परिमाण र अवधि स्वयं घोषणा गरी २०७८ कार्तिक मसान्तभित्र सम्झौता गर्न अनुरोध गर्ने तथा सोका लागि सूचना तथा प्रसारण विभाग र नेपाल दूरसञ्चार प्राधिकरणले सहजीकरण गर्ने,अवरुद्ध सेवा पुनः तत्काल सञ्चालन गर्ने तथा समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन उपायहरू सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिवज्यूको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको समेत जानकारी दिएको छ।

सम्बन्धित-

पोलभाडा विवाद मिलाउन दुई मन्त्रालयको हस्तक्षेप, कात्तिक भित्र विद्युत प्राधिकरणसँग सेवा प्रदायकहरुले सम्झौता गर्नुपर्ने

तोकिएको समयभित्र उल्लेखित विवरण सहित सम्झौताका लागि नआउने सेवा प्रदायकहरूको हकमा प्राधिकरणको वितरण संरचनाहरूका आधारमा विद्युत प्राधिकरण स्वयंले भाडा रकम निर्धारण गरी असुली कार्य अगाडि बढाइने उल्लेख गरेको छ।

यो पनि हेर्नुस्-

“लुटेर लगेको उपकरणहरु विद्युत प्राधिकरणले अझै फिर्ता गरेन” -इन्टरनेट सेवा प्रदायक

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार