यस्तो छ नेपालमा फाइभजी सेवा उपलब्ध गराउने सरकारी योजना र चरणहरु

Technology Khabar १३ जेष्ठ २०७८, बिहीबार

यस्तो छ नेपालमा फाइभजी सेवा उपलब्ध गराउने सरकारी योजना र चरणहरु
Classic Tech

नेपालले चरणबद्धरुपमा फाइभजी सेवा देशभर बिस्तार गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षले नेपालको ५जी सेवा बिकासको कार्ययोजना प्रस्तुत गर्दै २०२१ देखि २०२५ सम्मको योजना प्रस्तुत गरेका छन् ।

अध्यक्ष खनालले प्रस्तुत गरेको योजनाअनुसार सन् २०२१ मा नै फाइभजी सेवाको परीक्षण गरिनेछ ।

जसअनुसार यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगतको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नेपाल टेलिकमलाई फाईभजी सेवा परीक्षण गर्न अनुमति दिईसकेको छ ।

फाइभजी सेवाको परीक्षण नेपाल टेलिकमले मात्र गर्न पाउने, अन्य टेलिकम अपरेटरहरुलाई निषेध !

जसमा नेपाल टेलिकमले हाल त्यसको संम्भाव्यता अध्ययन कार्य गरिरहेको छ ।

सरकारको योजनाअनुसार प्राधिकरणले फाइभजी सेवाको परीक्षण गर्दा स्पेक्ट्रमको शुल्क १ वर्षसम्मका लागि निशुल्क गर्ने भएको छ भने यसको लागि ७०० मेगाहर्ज र २.६गीगाहर्ज ब्याण्ड उपलब्ध गराउने भएको छ ।
प्राधिकरणले सन् २०२१ मा ५जी सेवा परीक्षण गराउने भएपनि आगामी वर्ष मात्र त्यसको लागि स्पेक्ट्रम उपलब्ध गराउने भएको छ ।

सातौं एशिया प्यासिफिक स्पेक्ट्रम म्यानेजमेन्ट कन्फ्रेन्समा अध्यक्ष खनालले दिएको जानकारीअनुसार सन् २०२२ देखि २०२३ सम्ममा शुरुवाती चरणको ५जी जडानका लागि ती स्पेक्ट्रमहरु तयार हुनेछ ।

त्यसैगरी आगामी वर्षदेखि मात्र अपरेटरहरुले फाइभजी सेवाको निर्माण शुरु गर्नेछन भने आगामी वर्षभित्र प्रमुख शहरहरुमा ५जी सेवा उपलब्ध हुनेछ । यसअन्तरगत प्राधिकरणले फोरजीका साथसाथै फाइभजीका लागि समेत ७०० मेगाहर्ज र २.६ मेगाहर्ज ब्याण्ड स्पेक्ट्रम प्रयोग गर्ने योजना लिएको छ ।

प्राधिकरणकाअनुसार तेस्रो चरणमा भने देशभर ५जी सेवाको पहुँच पुर्याईनेछ । जसअन्तरगत २०२८ अर्थात अहिलेबाट आगामी ७ वर्षभित्र जनसंख्याको ७० प्रतिशत जनताहरुमा फाइभजी सेवा पुर्याउने अपेक्षा गरिएको छ ।

यसका साथै देशभर फाइभजी सेवा उपलब्ध भएसँगै एमबीबी विकासलाई तिब्रता दिईने र अन्य उद्योगहरु फस्टाउने अपेक्षा गरिएको छ ।

यी कार्यहरुले देशभर डिजिटल इकोनोमीको बिस्तार र वृद्धि हुने प्राधिकरणको अपेक्षा रहेको छ।

यो पनि हेर्नुहोस्-

छ गिगाहर्ज स्पेक्ट्रमको लाइसेन्स नदिए विश्वभर फाइभजीको भविश्य जोखिममा: जीएसएमए

 

TK Viber

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार

Loading...