नेपाल टेलिकमको मोबाइल सेवाको पहिलो अनुमति पत्रको २० अर्ब रुपैयाँ सबै चुक्ता

Technology Khabar ३० असार २०७७, मंगलवार

नेपाल टेलिकमको मोबाइल सेवाको पहिलो अनुमति पत्रको २० अर्ब रुपैयाँ सबै चुक्ता
Classic Tech

अनुज राज । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो मोबाइल सेवाको पहिलो अनुमति पत्रको सम्पूर्ण रकम चुक्ता गरेको छ ।

कम्पनीले आजै नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो पटकको मोबाइल सेवाको लाइसेन्सको अन्तिम किस्ता रकम भुक्तानी गरेसँगै सरकारलाई तिर्नुपर्ने कुल २० अर्ब रुपैयाँ चुक्ता गरेको हो।

सो नविकरणअन्तरगत कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । कम्पनीले बुझाएको रकम मोबाइल सेवाको पहिलो अनुमति पत्रको आठौं किस्ता रकम हो जसमा प्रत्येक वर्ष कम्पनीले २ अर्ब ५० करोड रुपैयाँको दरले रकम तिर्दै आएको छ ।

यसरी चुक्ता गरेको प्रत्येक वर्षको रकम जोड्दा कुल रकम २० अर्ब हुन आउँछ । यो रकम भनेको नेपाल टेलिकमले मोबाइल सेवा अनुमति पत्र नविकरण दस्तुर बापत बुझाउनुपर्ने भनि प्राधिकरणले गरेको निर्णयअनुसारको रकम हो ।

प्राधिकरणले २०७५ चैतमा नेपाल टेलिकमसँग मोबाइल सेवाको लाइसेन्स बापतको रकम २० अर्ब रुपैयाँ नै उठाउने निर्णय गरेको थियो ।

नेपाल टेलिकमसँग मोबाइल लाइसेन्स फी २० अर्ब लिने दूरसंचार प्राधिकरणको निर्णय

यसअघि महालेखा परीक्षकको कार्यालयले पनि २०७१ सालमा नै २० अर्ब रुपैयाँ उठाउनुपर्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । महालेखाले नविकरण दस्तुर रकम २० अर्ब रुपैयाँ प्रतिस्पर्धात्मक विधिबाट तय भएको मुल्य भएकोले नेपाल टेलिकमबाट दोस्रो पटकको नविकरण दाखिला गरेको रकम समायोजन हुने गरि बाँकी रकम असुल गर्न सुझाव दिएको थियो ।

नेपाल टेलिकमबाट मोबाइलको लाइसेन्स फी २० अर्ब उठाऊ -महालेखा प्रतिवेदन

सोहि निर्णयहरुको आधारमा नेपालमा संचालनमा रहेको मोबाइल सेवा प्रदायक कम्पनीहरुले लाइसेन्स रकम बापत २० अर्ब रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
सोहि २० अर्बलाई सरकारले किस्ताबन्दीमा तिर्ने सुबिधा दिएसँगै नेपाल टेलिकमले वार्षिकरुपमा रकम तिर्दै आएको छ ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले नेपाल टेलिकमले सोमबार नै नविकरणको रकम बुझाएको जानकारी दिए ।

‘टेलिकमले पहिलो अनुमतिपत्रको अन्तिम किस्ता र दोस्रो नविकरणको दोस्रो किस्ता रकम तिरेको छ कम्पनीले करिब ५ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ बुझाएको छ,’ प्रवक्ता मिन प्रसाद अर्यालले भने ।

उनकाअनुसार प्राधिकरणले पहिलो अनुमतिपत्रको अन्तिम किस्ता बापत २ अर्ब ५० करोड र दोस्रो नविकरणको दोस्रो किस्ता ४ अर्ब रुपैयाँको कर काटेर बुझाएको हो । यसका साथमा कम्पनीले पहिलो अनुमतिपत्रको २० अर्ब रुपैयाँ चुक्ता गरेको हो ।

दोस्रो नविकरणको दोस्रो किस्ता

यसका साथै नेपाल टेलिकमले आफूले सरकारलाई तिर्नुपर्ने दोस्रो नविकरणको किस्ता रकम समेत भुक्तानी गरेको छ । कम्पनीले दोस्रो नविकरणको दोस्रो किस्ता बापतको रकम ३ अर्ब ३६ करोड रुपैयाँ आजै प्राधिकरणमा बुझाएको हो ।

कम्पनीले दोस्रो नविकरण किस्ताको लागि प्राधिकरणमा १८ करोड ९० लाख रुपैयाँ तिरेर आवेदन दिएको थियो भने गत वर्ष असार मसान्तमा ३ अर्ब ३६ करोड रुपैयाँ किस्ता रकम बुझाएको थियो ।

टेलिकमले बुझायो दोस्रो पटकको मोबाइल सेवा लाइसेन्स नवीकरणको पहिलो किस्ता रकम

गत वर्ष पहिलो किस्ता रकम तिरेकोमा यो वर्ष पनि कम्पनीले दोस्रो नविकरणको दोस्रो किस्ता रकम तिरेको हो ।

पहिलो किस्ता रकम तिर्ने समयमा गत वर्ष नै मन्त्रिपरिषदबाट दोस्रो नविकरणको लागि समेत कुल २० अर्ब रुपैयाँ किस्तामा लिने निर्णय गरेसँगै नेपाल टेलिकमलाई ५ वर्षमा ५ किस्तामा रकम तिर्ने बाटो खुलेको थियो ।

२०७६ जेठमा बसेको मन्त्रिपरिषदको बैठकले मोबाइल सेवाको दोस्रो नविकरण बापत पनि २० अर्ब रुपैया नै टेलिकम कम्पनीहरुसँग लिने निर्णय गरेको थियो भने टेलिकमलाई किस्तामा रकम तिर्न सक्ने सुबिधा दिने निर्णय भएको थियो ।

टेलिकमलाई मोबाइल सेवा लाइसेन्स नवीकरण दस्तुरमा पाँच किस्ताको सुविधा

सोहि निर्णयको आधारमा टेलिकमले आज दोस्रो नविकरणको दोस्रो किस्ता रकम तिरेको हो ।

कम्पनीले आफ्नो मोबाइल सेवा नविकरण बापत सरकारलाई कुल ५ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ बुझाएको हो ।

नेपाल टेलिकमले गत वर्ष नै तेस्रो नविकरणको लागि आवेदन दिएको भएपनि सो बारेमा भने हालसम्म कुनै निर्णय भएको छैन् ।

अर्को टेलिकम अपरेटर एनसेल प्रालिले भने हालसम्म नविकरण किस्ता रकम बुझाएको छैन् । कम्पनीलाई आज र भोलीसम्ममा बुझाउने समय रहेको छ ।

एनसेलले पनि टेलिकमको बराबर नै रकम तिर्नुपर्ने हुन्छ ।

TK Viber

प्रकाशित: ३० असार २०७७, मंगलवार

Loading...