एनसेललाई स्वतः नविकरण हुने प्याकेज बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

Technology Khabar ३० जेष्ठ २०७७, शुक्रबार

एनसेललाई स्वतः नविकरण हुने प्याकेज बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन
Global IME Bank

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई आफ्ना भ्यालू एडेड सर्भिसहरु (भास) स्वचालितरुपमा नविकरण हुने प्याकेज प्रणाली बन्द गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले एनसेल प्रालिलाई बिहिबार पत्र पठाउँदै स्वत नविकरण (अटो रिन्यू) हुने प्रणालीलाई तत्काल बन्द गर्न भनेको छ।

यस बारेमा ग्राहकहरुको गुनासो निरन्तर आएको हुँदा एनसेल प्रालिलाई प्राधिकरणले जरिवाना गरेको थियो । त्यसैगरि सोहि विषयमा अझैपनि अटोमेटिक एक्टिभ हुने गरि  विभिन्न प्याकेज तथा सर्भिसहरु संचालन गरिएको र ग्राहकहरुले थाहा नै नपाई रकम काटिने गरेको भन्दै बोर्ड केहि दिनअघि बैठकले ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

ग्राहकलाई ‘भास’ सर्भिस लगायतमार्फत ठगि गरेको भन्दै एनसेललाई साढे १० लाख रुपैयाँ जरिवाना

सोहि विषयमा अहिले प्राधिकरणले पत्र पठाएर अटोमेटिक रिन्यू हुने प्याकेजलाई बन्द गर्न निर्देशन दिएको प्राधिकरणका अनुगमन महाशाखा प्रमुख तथा निर्देशक बिजय कुमार रोयले जानकारी दिए ।

‘हामीले यसअघि प्राधिकरण बोर्ड बैठकले गरेको निर्णयअनुसार अटो रिन्यू हुने सबै प्याकेज बन्द गर्न निर्देशन दिएका छौं, पत्र पठाईसकेका छौं,’ निर्देशक रोयले भने ।

यसअघि २०६६ सालदेखि पटक पटक सो बारेमा प्राधिकरणले विभिन्न निर्देशनहरु दिएको भन्दै कम्पनीले ति निर्देशनहरु पालना नगरेको टेक्नोलोजीखबरले हेरेको सो पत्रमा स्मरण गराईएको छ।

त्यसैगरि बन्द गर्न भनिएका भास सर्भिसहरु विभिन्न रुपमा प्रचार-प्रसार गरेको देखिएकोले सो समेत रोक्न भनिएको छ।

यो पनि हेर्नुस्-

पछिल्लो प्रत्येक महिनामा बजार हिस्सा गुमाउँदै नेपाल टेलिकम, एनसेललाई भने फलिफाप

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३० जेष्ठ २०७७, शुक्रबार