एनसेलले पायो अक्सनमार्फत जितेको ९ मेगाहर्ज फ्रिक्वेन्सी, तोकियो पालना गर्नुपर्ने शर्तहरु

Technology Khabar २७ माघ २०७६, सोमबार

एनसेलले पायो अक्सनमार्फत जितेको ९ मेगाहर्ज फ्रिक्वेन्सी, तोकियो पालना गर्नुपर्ने शर्तहरु
१८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सनबाट जितेपछि नेपाल टेलिकमका प्रबन्ध निर्देशकसँग हात मिलाउँदै एनसेलका सिईओ । फाइल
Classic Tech

अनुज राज ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अक्सनमार्फत जितेको फ्रिक्वेन्सी एनसेललाई दिने निर्णय गरेको छ । प्राधिकरणको बोर्ड बैठकले शर्तहरुसहित एनसेललाई फ्रिक्वेन्सी दिने निर्णय गरेको हो ।

१८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी अक्सनबाट जितेको एनसेलले आफूले माग गरेअनुसारको ९ मेगाहर्जको फ्रिक्वेन्सी नै पाएको छ । शुक्रबार बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो ।

एनसेललाई निश्चित तोकिएका शर्तहरु पुरा गर्नेगरी फ्रिक्वेन्सी दिने निर्णय गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

‘अक्सन जितेको एनसेलले माग गरेअनुसार फ्रिक्वेन्सी दिएको हो र हामीले फ्रिक्वेन्सी दिँदा निश्चित शर्तहरु पालना गर्नेगरि दिएका छौं,’ अध्यक्ष खनालले भने ।

उनकाअनुसार एनसेलले १८०० मेगाहर्ज ब्याण्डको ९ मेगाहर्ज फ्रिक्वेन्सी लिएसँगै ति शर्तहरु पनि पुरा गर्नुपर्नेछ ।

शर्तहरुमा एनसेलले नेटवर्क बढाउन नयाँ बिटिएस टावरहरु थप गर्नुपर्नेछ भने शहरी क्षेत्रमा ९० प्रतिशत तथा ग्रामीण क्षेत्रहरुमा ८० प्रतिशत कभरेज सन् २०२२ सम्ममा पुर्याउनुपर्नेछ ।

त्यसैगरि कम्पनीले ७७ वटै जिल्लाहरुमा आफ्नो नेटवर्क बिस्तार गर्नुपर्नेछ भने मुख्य शहरहरुमा सेवा दिनुपर्नेछ ।

कम्पनीलाई तोकिएको स्तरअनुसारको इन्टरनेट ब्याण्डविथ दिनुपर्ने शर्तमा राखिएको छ जसअनुसार शहरी क्षेत्रमा १० एमबिपिएस तथा ग्रामीण क्षेत्रमा ५ एमबिपिएसको न्यूनतम स्पीड हुनुपर्नेछ ।

त्यसैगरि कम्पनीले आफ्नो कभरेज बिस्तार गर्न र सेवा बढाउन ३ हजार भन्दा बढि नयाँ बिटिएस टावरहरु जडान गर्नुपर्ने प्राधिकरणको शर्तमा उल्लेख छ ।

यसबाहेक कम्पनीले दूरसंचार प्राधिकरणले उल्लेख गरेअनुसारको पर्यटकिय क्षेत्रहरुमा सन् २०२० भित्रै नेटवर्क सेवा बिस्तार गर्नुपर्नेछ भने महत्वपूर्ण राजमार्ग तथा तोकिएका स्थानहरुमा गुणस्तर कायमहुनेगरि सेवा बिस्तार गर्नुपर्ने शर्तहरु तोकिएको छ ।

सेवा संचालन नगर्ने टेलिकम कम्पनीका प्रयोग नभएका फ्रिक्वेन्सी अक्सन गर्न लेखा समितिको निर्देशन

प्राधिकरणले ती शर्तहरुसहित ९ मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय गरेर एनसेललाई जानकारी गराउने एक अधिकारीले बताए ।

एनसेलले ती शर्तहरु पालना नगरेको खण्डमा कारबाही तथा लाइसेन्स खारेजीसम्मको निर्णय प्राधिकरणले गर्नसक्ने ती अधिकारीको भनाई छ ।
‘हामीले तोकेका शर्तहरु पालना गरेन भने हामी लाइसेन्स खारेजसम्मको निर्णय गर्नसक्छौं, त्यसैले शर्त पालना गर्नैपर्ने हुन्छ,’ ती अधिकारीले भने ।

यो पनि हेर्नुस्-

दूरसंचार प्राधिकरणको पत्र बारे ठूला करदाता कार्यालयको जवाफ, एनसेलले लग्ला त फ्रिक्वेन्सी ?

प्रकाशित: २७ माघ २०७६, सोमबार

Comments are closed.

Loading...