डिसहोम फाइबरनेटमा दूरसंचार प्राधिकरणको छापा, अनुमति बिना प्रबर्द्धन गर्नु गल्ति भएको स्वीकार

Technology Khabar २४ माघ २०७६, शुक्रबार

डिसहोम फाइबरनेटमा दूरसंचार प्राधिकरणको छापा, अनुमति बिना प्रबर्द्धन गर्नु गल्ति भएको स्वीकार
Classic Tech

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अनुमति नै नलिई आफ्नो इन्टरनेट सेवाको प्रबद्र्धन गरेको डिसहोम फाइबर नेटमा छापा मारेको छ ।

दूरसंचार प्राधिकरणले अनुमति नै नलिई प्रबद्र्धन गरेको र इन्टरनेट सेवा संचालन गरेको आशंकामा डिस मिडिया नेटवर्क लिमिटेडअन्तरगतको फाइबरनेटको कार्यालयमा छापा हानेको हो । प्राधिरणका अनुगमन महाशाखाका कर्मचारीहरुको टोलीले सो बारेमा जानकारी लिएको थियो ।

प्राधिकरणको टोलीले यहि माघ २२ गते डिसहोमको भैसेपाटिस्थित कार्यालयमा छापा मारेर सम्पूर्ण जानकारी लिएको थियो ।

सो छापामारीमा कम्पनीले इन्टरनेट सेवाको प्रबद्र्धन गरेको बारेमा जानकारी लिएको थियो भने अनुमति नै नपाई सेवा संचालन गरेको वा नगरेको बारेमा स्पष्ट पार्न भनेको थियो ।

डिसहोमको कार्यालयमा छापा हानेको र आवश्यक कागतपत्र लिएको अनुगमनका एक अधिकारीले जानकारी दिए ।

‘डिसहोमले अनुमति नै नलिई सेवा संचालन गरिरहेको तथा फेसबुकमा प्रबद्र्धन र प्रचार गरेको हामीले निकै अघिदेखि थाहा पाएका थियौं, त्यसैले गैर कानूनी काम नहोस् भनेर ‘छापा’ हानेका हौं,’ उनले नाम उल्लेख नगर्ने शर्तमा भने ।

उनले इन्टरनेट सेवा संचालन गरेको नगरेको बारेमा समेत सोधखोज गरिएको र कम्पनीका अधिकारीले भने इन्टरनेट सेवा कतै नदिएको दाबी गरेको जानकारी दिए बताए । कम्पनीले इन्टरनेट सेवा संचालनको लागि परीक्षण गरिरहेको तर अनुमति नै नपाईँ प्रबद्र्धन गर्नु गल्ति भएको महशुस गरेको उनको भनाई छ।

‘हामीले बाहिर इन्टरनेट सेवा दिएको भेटेनौं तर कम्पनीले अनुमति नै नलिई प्रबद्र्धन गरेको बारेमा भने गल्ति भएको स्वीकार गर्यों,’ उनले स्पष्ट पारे ।

कम्पनीले अनुमति बिना इन्टरनेट सेवाको प्रचार गर्नु गल्ति भएको महशुस गरेको र कम्पनीको आउन लागेको सेवाको बारेमा जानकारी मात्र दिएको जिकिर टोलीसँग गरेको थियो ।

सो छापा हानिएको बारेमा प्राधिकरणको टोलीले रिपोर्ट तयार पारिसकेको र सो अध्ययनको चरणमा रहेको छ भने सोहि रिपोर्टको आधारमा प्राधिकरण बोर्डले थप निर्णय गर्नसक्नेछ ।

दूरसंचार प्राधिकरणबाट अनुमति नै नलिई इन्टरनेट सेवा संचालन गर्नु तथा अनुमति नै नलिई इन्टरनेट सेवा र शुल्कको प्रबद्र्धन/प्रचार गर्नु दूरसंचार ऐन २०५३ अनुसार गैरकानूनी ठहर्छ ।

यसअघि पनि दूरसंचार प्राधिकरणले तनहुँको एक कम्पनीलाई अनुमति नै नलिई फेसबुकमार्फत इन्टरनेट सेवाको प्रबर्द्धन र प्रचार गरेको भन्दै छापा मारेर कारबाही गरेको थियो ।

यो पनि हेर्नुस्-

डिसहोम फाइबरनेटको गैरकानूनी कार्य, इन्टरनेट सेवा प्रदायकको लाइसेन्स नै नलिई प्रबर्द्धन

TK Viber

प्रकाशित: २४ माघ २०७६, शुक्रबार

Loading...