फ्रिक्वेन्सी अक्सन गर्नै १ वर्ष लाग्यो, १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी अक्सन पुस २ गते हुने

Technology Khabar २० मंसिर २०७६, शुक्रबार

फ्रिक्वेन्सी अक्सन गर्नै १ वर्ष लाग्यो, १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी अक्सन पुस २ गते हुने
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक फ्रिक्वेन्सी अक्सन गर्ने मिति सार्वजनिक गरेको छ । दूरसंचार क्षेत्रको नियामक निकाय दूरसंचार प्राधिकरणले १ वर्षअघि शुरु गरेको फ्रिक्वेन्सी अक्सनको प्रकृयाअन्तरगत बढाबढ यहि पुस २ गते हुने भएको हो ।

१ वर्षअघि शुरु गरिएको सो प्रकृयाले अहिले १८०० मेगाहर्ज ब्याण्डमा मात्र अन्तिम रुप लिन लागेको हो ।

प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै ९००/१८००/२१०० मेगाहर्ज ब्याण्डहरुको बाँकी फ्रिक्वेन्सी बढाबढ प्रकृयाको लागि पहिलो पटक २०७५ पुस ९ गते राष्ट्रिय दैनिकहरुमा सूचना प्रकाशित गरेको जानकारी गराउँदै सो मध्येको हाल १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ मात्र हुने सूचना दिएको छ ।

प्राधिकरणले सो १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सीको बढाबढ यहि पुस २ गते गरिने जानकारी गराएको छ ।

सो १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सनमा सहभागी हुन नेपाल टेलिकम र एनसेलले निवेदन दिएका छन भने बाँकी अन्य ९०० र २१०० मेगाहर्ज ब्याण्डको लागि एनसेलले मात्र आवेदन दिएको थियो ।

यो पनि हेर्नुस्-

१८०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी अक्सन प्रकृया पुन शुरु, एनसेललाई शर्तसहित सहभागी गराईने

 

Global Bank
easy care

प्रकाशित: २० मंसिर २०७६, शुक्रबार