समुन्द्रसम्म इन्टरनेट पुर्याउने अध्ययनका लागि परामर्शदाता छनौट, ४ महिनाभित्र प्रतिवेदन बुझाउने

Technology Khabar १३ मंसिर २०७६, शुक्रबार

समुन्द्रसम्म इन्टरनेट पुर्याउने अध्ययनका लागि परामर्शदाता छनौट, ४ महिनाभित्र प्रतिवेदन बुझाउने

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालबाट सिधै समुन्द्रसम्म इन्टरनेट कनेक्सनको संभाव्यता अध्ययन गर्नका लागि परामर्शदाता छनौट गरेको छ । प्राधिकरणले हालैसमुन्द्रसम्म इन्टरनेट कनेक्सनको संभाव्यता अध्ययनका लागि सिभिल इन्फम्र्याटिक्स एण्ड सोलुसन प्रालि र स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्च टिम प्रालिको ज्वाइन्ट भेन्चरलाई छनौट गरेको हो ।

सो अध्ययनका लागि सर्टलिस्टमा पाँच कम्पनीहरु छनौट भएको करिब पाँच महिनापछि परामर्शदाता कम्पनी छनौट भएको हो ।

सो कम्पनीले अब तोकिएको अवधिमा नेपालको इन्टरनेट समुन्द्रसम्म पुर्याउन सकिने बारे संभाव्यता अध्ययन गरेर प्रतिवेदन बुझाउने छ ।

दूरसंचार प्राधिकरणले यसअघि आवेदन दिएर छनौट सूचीमा रहेका पाँच कम्पनीमध्ये सो ज्वाइन्ट भेन्चर कम्पनीलाई छनौट गरेको हो । सो कम्पनीले ४१ लाख ८१ हजार रुपैयाँमा सो संभाव्यता अध्ययन गर्ने सम्झौता गर्ने प्राधिकरणको सार्वजनिक सूचनामा उल्लेख छ ।

कम्पनीले सम्झौता भएको ४ महिनाभित्र आफ्नो अध्ययन प्रतिवेदन प्राधिकरणमा पेश गर्नेछ ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले सो परामर्शदाता कम्पनीले सम्झौता अवधिभित्र प्रतिवेदन पेश गरेपछि नेपालको इन्टरनेट समुन्द्रके सबमरिन केबल सम्म पुर्याउने काम अगाडि बढ्ने जानकारी दिए ।

‘यसले नेपालको इन्टरनेट अन्तराष्ट्रिय कनेक्सनसम्म पुग्नेछ, जसले गर्दा बंगलादेश, चीन, भारतलगायत अन्य विभिन्न मुलुकहरुसँग सिधै इन्टरनेट कनेक्टिभिटी बढाउन सकिन्छ,’ प्रवक्ता अर्यालले भने ।

यो पनि हेर्नुस्-

नेपालबाट सिधै समुन्द्रसम्म इन्टरनेट केबल जोडिने, प्राधिकरणले माग्यो परामर्शदाता

easy care

प्रकाशित: १३ मंसिर २०७६, शुक्रबार