नेपालको इन्टरनेट समुन्द्रसम्म जोड्ने योजना, ५ कम्पनी सर्टलीस्टमा, २ महिनापछि अध्ययन शुरु

Technology Khabar २१ असार २०७६, शनिबार

नेपालको इन्टरनेट समुन्द्रसम्म जोड्ने योजना, ५ कम्पनी सर्टलीस्टमा, २ महिनापछि अध्ययन शुरु

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालको इन्टरनेट समुन्द्रसम्म जोड्ने कार्यको संभाव्यता अध्ययनका लागि ५ स्वदेशी कम्पनीलाई छनौट सूचीमा समावेश गरेको छ।

प्राधिकरणले नेपालबाट इन्टरनेट कनेक्सन सिधै समुन्द्रसम्म पुर्याउन सम्भाव्यता अध्ययनका लागि ५ वटा परामर्शदाता कम्पनीहरुलाई सर्टलिस्टमा राखेको हो । प्राधिकरणले नेपालबाट सिधै समुन्द्रसम्म इन्टरनेट बिछ्याएर भरपर्दो बनाउने उद्देश्यका साथ सो अध्ययन गराउन लागेको हो ।

भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउने कामको सम्भाव्यता अध्ययन गर्न गत जेठ २ गते टेण्डर आह्वान गरेको थियो ।

नेपालबाट इन्टरनेट सिधै समुन्द्रसम्म पुर्याउनका लागि आवश्यक परामर्श दिन तथा सम्भाव्यता अध्ययन गर्न सितारा कन्सल्टेन्ट प्रालि, एभरेष्ट टेलिकम एण्ड आईटी सोलुसन प्रालिको ज्वाइन्ट भेन्चर, सिभिल ईन्फर्मेटिक्स एण्ड सोलुसन्स प्रालि र स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्च टिम प्रालिको ज्वाइन्ट भेन्चर, महारुद्र ग्रुप प्रालि र एक्जुकेटिभ कन्सल्टीङ ईन्जिनियरिङ एण्ड प्लानर प्रालिको ज्वाइन्ट भेन्चर, जियोकम ईन्टरनेशनल प्रालि र म्याक्सटेक स्टडी एण्ड सर्भिस प्रालिको ज्वाइन्ट भेन्चर तथा ईन्टर ईन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी प्रालि सो टेण्डरको सर्टलिस्टमा परेका छन ।

सर्टलिस्टमा परेका ५वटै कम्पनीसँग गुणस्तर तथा लागत प्रस्ताव माग गरेर अन्तिममा १ कम्पनीले मात्रै अध्ययनका लागि टेण्डर हात पार्नेछ ।

प्राधिकरणकाअनुसार सो प्रस्ताव माग गरिसकेको करिव २ महिनाभित्र कम्पनीको मुल्यांकनको काम सम्पन्न हुने र २ महिनापछि अध्ययनको काम सुरु हुने छ। साेहि अध्ययनको आधारमा नेपालले समुन्द्रसम्म सिधै इन्टरनेट केवल न्यून लागत तथा भरपर्दो किसिमले पुर्याउने छ ।

नेपालको आफ्नै इन्टरनेट केवल समुन्द्रसम्म पुगेपछि नेपालको इन्टरनेट गुणस्तरिय तथा भरपर्दो र सस्तो हुन जाने प्राधिकरणको ठहर छ।

नेपालले हाल विभिन्न ३ नाकामार्फत भारतको बाटो हुँदै इन्टरनेटको व्याण्डवीथ ल्याईरहेको छ भने छिमेकी मुलुक चीनबाट एउटा नाकाबाट इन्टरनेट भित्र्याएको छ ।

Global Bank
easy care

प्रकाशित: २१ असार २०७६, शनिबार

ताजा समाचार