एमडिएमएसको परीक्षण र प्रमाणिकरण गर्न ५ कम्पनीले दिए आवेदन

Technology Khabar ८ आश्विन २०७६, बुधबार

एमडिएमएसको परीक्षण र प्रमाणिकरण गर्न ५ कम्पनीले दिए आवेदन

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले संचालनमा ल्याउन लागेको मोबाइल डिभाइस म्यानेजमेन्टको परीक्षण र प्रमाणिकरण गर्नका लागि ५ वटा कम्पनीहरु ईच्छुक देखिएका छन् ।

गत भदौमा दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट(एमडिएमएस) सिस्टमको सम्पूर्ण परीक्षण गरेर त्यसलाई प्रमाणिकरण गर्नका लागि तेस्रो पक्षिय परामर्शदाता कम्पनीहरुसँग आवदेन माग गरेको थियो । जसमा ५ विदेशी कम्पनीहरुले आशयपत्र दर्ता गराएका छन् ।

एमडिएमएस सिस्टमको परीक्षण र प्रमाणिकरण गर्नका लागि ईच्छुक कम्पनीहरु यस प्रकार छन् ।

१. टिटिजी र जीभीड इन्फम्र्याटिक्स एण्ड सोलुसन प्रालिको ज्वाईन्ट भेन्चर
२. एडनोम र एडिएमसी इन्जिनियरिङ्ग प्रालिको ज्वाईन्ट भेन्चर
३. ईएमआई टेक्नोलोजीज लिमिटेड
४. टिसिआईएल ईण्डिया
५. लाउरेसिया

यी कम्पनीहरुमध्येबाट दूरसंचार प्राधिकरणले एउटा कम्पनी छनौट गर्नेछ । त्यसको लागि उनीहरुको प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्यांकनको आधारलाई तय गरिएको छ ।

उल्लेखित ५ कम्पनीहरुमध्येबाट छनौट हुने एउटा कम्पनीले आगामी दिनमा एमडिएमएस सिस्टमको पूर्ण परीक्षण तथा प्रमाणिकरण गर्नुपर्नेछ र त्यसको प्रतिवेदन दूरसंचार प्राधिकरणलाई उपलब्ध गराउने छ ।

परामर्शदाताले भने न्यूमेराले बनाएको सिस्टमको अनुगमन तथा मूल्यांकन, परीक्षण तथा प्रमाणिकरण, सिस्टम डिजाइनको प्रमाणिकरण, सफ्टवेयरको प्रमाणिकरण र अपरेटरको प्रमाणिकरणको कार्यहरुलगायतका काम गर्नुपर्ने हुन्छ । त्यस्तै परामर्शदाता सो एमडिएमएस सिस्टम दूरसंचार प्राधिकरणले तोकेको मापदण्डअनुसारको डिजाइन, निर्माण, आपूर्ति र संचालन योग्य छ वा छैन भन्ने प्रमाणित समेत गर्नुपर्ने हुन्छ।

एमडिएमएस सिस्टम डिजाइन, विकास, र संचालनको लागि यसअघि नै मलेशियन कम्पनी न्यूमेरा जेभीलाई दूरसंचार प्राधिकरणले टेण्डरमार्फत जिम्मा दिईसकेको छ भने कम्पनीले सो सिस्टमको लागि प्रकृया अगाडि बढाईसकेको दूरसंचार प्राधिकरणले उल्लेख गरेको छ ।

सो सिस्टमको परीक्षण र प्रमाणिकरण पश्चात मात्र दूरसंचार प्राधिकरणले त्यसलाई लागू गराउनेछ । दूरसंचार प्राधिकरणले सन् २०२० जनवरी महिना अर्थात आगामी पुस महिनादेखि नेपालमा एमडिएमएस सिस्टम लागू गर्ने योजना लिएको छ ।

यो पनि हेर्नुस्-

एमडिएमएस सिस्टमको लागि कम्पनी छनौट, मोबाइल फोनको अवैध कारोबार रोकिने

easy care

प्रकाशित: ८ आश्विन २०७६, बुधबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार