दूरसञ्चार प्राधिकरणले रोक्यो फ्रिक्वेन्सी अक्सनको प्रक्रिया

Technology Khabar २३ पुष २०७५, सोमबार

दूरसञ्चार प्राधिकरणले रोक्यो फ्रिक्वेन्सी अक्सनको प्रक्रिया

काठमाडौं ।

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी अक्सनको प्रक्रिया स्थगित गरेको छ ।

प्राधिकरणले सर्वोच्च अदालतको आदेश बमोजिम यसअघि शुरु गरेको ९००/१८००/२१०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी अक्सन प्रक्रिया अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको हो ।

फ्रिक्वेन्सी अक्सन स्थगित भएको बारेमा प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर सो निर्णय गरिएको जनाएको छ ।

यसअघि प्राधिकरणले पुस ४ गते फ्रिक्वेन्सी अक्सन गर्ने सार्वजनिक सूचना जारी गर्दै टेलिकम कम्पनीहरुलाई सहभागी हुन आव्हान गरेको थियो । तर सो विषयमा सिजी टेलिकमले आफूलाई सो अक्सनमा समावेश गराउनुपर्ने भन्दै सर्वोच्चमा मुद्धा दायर गरेकोमा अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको सो आदेशमा हाल फ्रिक्वेन्सी अक्सन स्थगित गर्न अन्तरिम आदेश जारी भएको थियो ।

यो पनि हेर्नुहोस्-

easy care

प्रकाशित: २३ पुष २०७५, सोमबार