सामसुंगका प्रिमियम सेटको खरिदमा पावर ब्यांक निशुल्क, अन्य ब्राण्डमा २५ प्रतिशतसम्म छुट

Technology Khabar २३ फाल्गुन २०७२, आईतवार

सामसुंगका प्रिमियम सेटको खरिदमा पावर ब्यांक निशुल्क, अन्य ब्राण्डमा २५ प्रतिशतसम्म छुट

काठमाडौं ।

काठमाडौं, २३ फागुन । लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड शिवरात्रीको अवसरमा सामसुंगका प्रिमियम सेटहरुको खरिदमा पावरब्यांक उपहारमा दिने भएको छ ।

ललितपुर मोबाइल कम्प्लेक्सले सामसुंगका ग्यालेक्सी ए सेभेन (Galaxy A7), ग्यालेक्सी ए एट (Galaxy A8), ग्यालेक्सी एस फाइभ (Galaxy S5), ग्यालेक्सी एस सिक्स (Galaxy S6) र एस सिक्स एज (S6 Edge) तथा नोट फाइभ (Note 5)मा रु ३,००० मूल्य बराबरको पावर ब्यांक निशुल्क उपहारमा दिने भएको कम्पनीले जनाएको छ ।bn 4 copy

कम्प्लेक्सले सामसुंगका अन्य मोडलहरुका स्मार्टफोनका साथै हुवावे, माइक्रोसफ्ट, नोकिया, सोनी, जियोनी ब्राण्डका स्मार्टफोनको खरिदमा ७ देखि २५ प्रतिशतसम्मको छुट दिएको छ । उक्त छुट मोबाइल खरिदमा तत्काल प्राप्त गर्न सकिने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कम्प्लेक्समा आउने ग्राहकहरुलाई मोबाइलको रिपेयर तथा विभिन्न एसेसरिजमा लागत मूल्यमा नै सेवा दिईने योजना पनि ल्याएको छ । यो योजनामा ग्राहकहरुले मोबाइल रिपेयर गर्न तथा एसेसरिज खरिदको सेवा लागत मूल्यमा नै पाउने छन् । यो योजनाले अन्य बजारहरुमा दिईने सेवा र एसेसरिज भन्दा निकै सस्तोमा सेवा प्राप्त गर्ने कम्पनीको दाबी छ ।

easy care

प्रकाशित: २३ फाल्गुन २०७२, आईतवार