सामसुंगको ए नाइन छिट्टै आउँदै, ६ इन्चको सूपर एमोलेड स्क्रीन तथा ३जीबी र्याम

Technology Khabar २८ मंसिर २०७२, सोमबार

सामसुंगको ए नाइन छिट्टै आउँदै, ६ इन्चको सूपर एमोलेड स्क्रीन तथा ३जीबी र्याम

काठमाडौं ।

काठमाडौं, २८ मंसिर । सामसुंगको ग्यालेक्सी ए नाइन(Galaxy A9) स्मार्टफोनले छिटै ए सिरिजको स्मार्टफोनको लाइनअपमा आफ्नो उपस्थिती जनाउने भएको छ । कम्पनीको नयाँ स्मार्टफोन ए नाईन छिटै ए थ्री, ए फाइभ तथा ए सेभेन मोडल २०१६ लाइनअपको श्रेणीमा छिटै आउने भएको हो ।

यो स्मार्टफोन यहि महिनाभित्र सावर्जनिक हुने अनुमान गरिएको छ जसको बारेमा अफिशियल प्रोमो पिक्चर लीक भएको छ ।Galaxy A9_1

ग्यालेक्सी ए नाइनमा ६ इन्चको सूपर एमोलेड (Super AMOLED) स्क्रीन रहनेछ, जसको रिजोल्यूशन १०८० पिक्सेल रहेको छ । यो स्मार्टफोन स्न्यापड्यागन ६२० (Snapdragon 620) चीपसेटका साथमा ३ जीबी र्यामसहित आउनेछ । यसको प्रोसेसरमा १.८ गीगाहर्जको अक्टा कोर प्रोसेसर रहेको छ, जुन फोर एक्स कोर्टेक्स ए ७२ तथा फोर एक्स कोर्टेक्स ए ५३ कोरको हुनेछ । त्यसैगरी ग्राफिक्सका लागि एड्रेनो ५१० जीपीयू रहेको छ ।Galaxy A9_2

सामसुंगको ग्यालेक्सी ए नाइन स्मार्टफोनले ए सिरिजका अन्य फोनहरुको जस्तै ट्रेण्ड समातेको टेक साइट जीएसएम एरेनाले उल्लेख गरेको छ जसमा मेटल फ्रेम राखिएको छ भने ड्यूल २.५ डी (2.5D) ग्लास प्यानेल प्रयोग गरिएको छ ।

यो फोनमा इमेज स्टेबलाइजेशन तथा ब्राइट एफ १.९ एपार्चर (f/1.9 aperture) सहितको १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने पानोरामा पिक्चर सर्पोट गर्ने ८ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।Galaxy A9_3

फोनमा ३२ जीबीको इन्टरनल स्टोरेज छ जसलाई बढाउन सकिन्छ भने यसमा एलटीई क्याच सेभेन कनेक्टिभीटी रहेको छ । यसका साथै ए नाइन स्मार्टफोनमा ४,००० एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ ।Galaxy A9_4

फोनले एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सन सपोर्ट गरेपछि हाल सार्वजनिक हुँदा भने एन्ड्रोयड ललीपप ५.१.१ भर्सनमा आउने संभावना रहेको छ । सामसुंगको नयाँ स्मार्टफोनले सामसुंग पे सपोर्ट गर्दछ भने यसमा फींगरप्रिन्ट स्क्यानर पनि राखिएको छ ।Galaxy A9_5

सामसुंग ग्यालेक्सी ए नाइन फोन आगामी क्रिशमसको अवसर वा नयाँ वर्ष जनवरीको अवसर पारेर छिटै सार्वजनिक हुनेछ । यो फोनको मूल्य चीनियाँ बजारमा करिब ३,००० यूआन अर्थात करिब ५१ हजार रुपैंया हाराहारीमा हुने अनुमान गरिएको छ ।Galaxy A9_6सामसुंगको ग्यालेक्सी एस सेभेन (Galaxy S7) बारे यो पनि हेर्नुहोस्-

सामसुंग ग्यालेक्सी एस सेभेन प्लसको थ्रीडि भिडियो लीक, एसडी कार्ड नभएको खुलासा

easy care

प्रकाशित: २८ मंसिर २०७२, सोमबार

ताजा समाचार