सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Technology Khabar ३ बैशाख २०८०, आईतवार

काठमाडौं ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहितका कर्मचारीहरु विरुद्ध भष्ट्राचारको आरोपमा मुद्दा दायर भएको छ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पोडेलसहित सुरक्षण मुद्रण केन्द्रका सि.डि.ई., इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि., मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि., परामर्शदाता वास्तुशिल्प एसोसिएट्स समेतका निर्देशक गरी ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको हो।

कार्यकारी निर्देशक विकल पौडेल एक्लैको विरुद्ध अख्तियारले ६९ करोड ८ लाख बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

यो पनि हेर्नुस्-

विवादित पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा पुनः नियुक्त

सुरक्षण मुद्रण केन्द्रले पावर सिस्टम इन सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस एण्ड प्रेसराइज्ड फ्यूल स्टोरेज ट्यांक (Power System in Security Printing Press and Pressurized Fuel Storage Tank) को खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का प्राप्त गरी कार्य गरेको हुँदा बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी उपर कारवाहीको लागि उजुरी निवेदन परेको थियो।

अख्तियारकाअनुसार सो सम्बन्धमा अनुसन्धान हुँदा उक्त खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रोनिक ट्रान्सफर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक कन्ट्रि अफ ओरिजिन भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौता बमोजिम कामै नगरी संरचना संचालनवापत र आपूर्ति पछिको सेवावापत अग्रीम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बल्क फ्यूल ट्यांक सिस्टमको खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारले ठहर गरेको छ।

उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न राष्ट्रसेवक कर्मचारीहरु र अन्यको हकमा देहायबमोजिम सजायको मागदावी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ तथा  दफा ३५ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

यस्तो छ बिस्तृत जानकारी-

सि.नंनामथरकार्यालयबिगो रु.कसुर तथा सजायको मागदाबी
1.कार्यकारी निर्देशक विकल पौडेलसुरक्षण मुद्रण केन्द्ररु.६९,०८,८१,८५४।७०भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क), (ख), (ङ) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।
2.सी.डी.ई. नविन कुमार पोखरेल (मेकानिकल)तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि हाल वन तथा वातावरण मन्त्रालय, सिंहदरबाररु.४९,४६,३५,९४५।७०भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क), (ख) र (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।
3.सहायक निर्देशक रमेश प्रसाद पोखरेलतत्कालीन सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि र हाल राष्ट्रिय सूचना प्रबिधि केन्द्र, सिंहदरबाररु.२०,३८,९३,८२७।६३भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।
4.शाखा अधिकृत मनिकमान महर्जनतत्कालीन सुरक्षण मुद्रण केन्द्रमा शाखा अधिकृत र हाल राष्ट्रिय समावेशी आयोगरु.३,४४,६८,७२९।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।
5.लेखा अधिकृतवाट सेवानिवृत्त राम बहादुर बुढातत्कालीन सुरक्षण मुद्रण केन्द्ररु.१९,८८,९४,२८९।३२भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (ङ) र (च) बमोजिम कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।
6.शाखा अधिकृत शिरिष उपाध्यायतत्कालीन सुरक्षण मुद्रण केन्द्र र हाल जिल्ला समन्वय समिति काठमाडौंरु.४०,०१,३९,७३६।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।
7.प्रबन्ध निर्देशक रोहित मान प्रधानइन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि.रु.२३,४४,९६,९२१।३२भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी पाउन  मागदाबी लिइएको छ।
8.निर्देशक भुवन महर्जनमेपटेक विल्डिंग सर्भिसेस प्रा.लि.रु.४३,५७,४२,३६८।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी पाउन मागदाबी लिइएको छ।
9.प्रबन्ध निर्देशक मित्र लाल गुरौपरामर्शदाता वास्तुशिल्प एसोसिएट्सरु. ८,६९,०९७।३८भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी पाउन मागदाबी लिइएको छ।

 

यो पनि हेर्नुस्-

सुरक्षण मुद्रण छापाखाना जडानको खरिद प्रक्रिया शुरु नगरी २ अर्ब १५ करोड खर्च

प्रकाशित: ३ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया