दूरसञ्चार प्राधिकरणको बढुवा प्रकृया विरुद्ध परेको मुद्दाको रिट खारेज

  • Technology Khabar | २१ बैशाख २०७९, बुधबार
दूरसञ्चार प्राधिकरणको बढुवा प्रकृया विरुद्ध परेको मुद्दाको रिट खारेज

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको कार्यक्षमताअनुसारको बढुवा प्रकृया विरुद्ध परेको मुद्दाको रिट खारेज भएको छ।

सो विषयमा सुनुवाईको लागि पाटन उच्च अदालतमा गत फागुन १० गते सुनुवाईको लागि तोकिएको सो मुद्दा अदालतले नै पेशी स्थगित गरिदिएको थियो।

त्यही मुद्दामा आज पुनरावेदन अदालतमा भएको सुनुवाईमा श्यामजी प्रधान र सुदर्शन राज पाण्डेको संयुक्त इजलासले आज उक्त निर्णय सुनाएको हो।

रिट खारेज भएसँगै अब पुरानै प्रक्रिया अनुसार नै बढुवा प्रक्रिया शुरू हुने बाटो खुलेको छ।

प्राधिकरणका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठसहितका ७ कर्मचारीहरुले आन्तरिक बढुवाको प्रकृया विरुद्ध उक्त मुद्दा दायर गरेका थिए।

यसअघि सो मुद्दाको बारेमा जानकार कानून व्यवसायी तुलसीराम भट्टले सो मुद्दा प्राथमिकतामा नपर्ने र नियमित सुनुवाईमा जाने बताए पनि केही समयका लागि अदालतले नै पेशी स्थगित गरिदिएको थियो।

सम्बन्धित समाचार

दूरसञ्चार प्राधिकरणको आन्तरिक बढुवा प्रकृया विरुद्ध परेको मुद्दाको सुनुवाई स्थगित

गलत मनसायले कारबाही गरिएको भन्दै प्राधिकरणका कर्मचारीहरु आन्दोलित, वार्षिकोत्सव बहिष्कारको चेतावनी

प्रकाशित: २१ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free voice, data and SMS services in flood-affected areas by 7 days

  • Technology Khabar
  • २१ बैशाख २०७९, बुधबार