दूरसञ्चार प्राधिकरणको आन्तरिक बढुवा प्रकृया विरुद्ध परेको मुद्दाको सुनुवाई स्थगित

  • Technology Khabar | ११ फाल्गुन २०७८, बुधबार
दूरसञ्चार प्राधिकरणको आन्तरिक बढुवा प्रकृया विरुद्ध परेको मुद्दाको सुनुवाई स्थगित

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको आन्तरिक कार्यक्षमताअनुसारको बढुवा प्रकृया विरुद्ध परेको मुद्दाको सुनुवाईलाई मंगलबार अदालतले स्थगित गरिदिएको छ।

सो विषयमा सुनुवाईको लागि पाटन उच्च अदालतमा मंगलबार फागुन १० गते सुनुवाईको लागि तोकिएको सो मुद्दा अदालतले नै पेशी स्थगित गरिदिएको हो।

प्राधिकरणका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठसहितका ७ कर्मचारीहरुले आन्तरिक बढुवाको प्रकृया विरुद्ध दायर गरेको मुद्दाको सुनुवाई स्थगित भएसँगै मुद्दा अनिश्चित भएको बताईएको छ।

सो मुद्दा आज स्थगित भएको जानकारी आफूले पाएको मुद्दा दायर गरेका र मुद्दाका पक्ष विनोदचन्द्र श्रेष्ठले जानकारी दिए।

“मलाई आफ्नो कानून व्यवसायीले आज स्थगित भएको जानकारी दिएका छन्। अन्य विषय मैले पनि सोध्नुपर्छ,” उनले टेक्नोलोजीखबरसँग भने।

उच्च अदालत पाटनमा आज स्थगितमा परेका दुई मुद्दा मध्ये एक सो मुद्दा भएको बताईएको छ।

सो मुद्दाको बारेमा जानकार कानून व्यवसायी तुलसीराम भट्टले अब सो मुद्दा प्राथमिकतामा नपर्ने र नियमित सुनुवाईमा जाने जानकारी दिए।

“यो मुद्दा प्राथमिकता प्राप्त थियो र आज शुरुमा नै सुनुवाई हुनुपर्ने थियो तर अचानक स्थगित भएको जानकारी दिईयो,” उनले टेक्नोलोजीखबरसँग भने, “यसले अझैपनि गोलाप्रथाको दूरुपयोग गरेको देखिन्छ।”

उनकाअनुसार दुबै पक्षले यसअघि नै प्रमाणहरु बुझाईसकेको हुँदा सुनुवाई हुनुपर्नेमा अब कहिले पेशीको तारिख तोकिन्छ भनेर भन्न नसकिने जानकारी दिए।

यो पनि हेर्नुस्-

गलत मनसायले कारबाही गरिएको भन्दै प्राधिकरणका कर्मचारीहरु आन्दोलित, वार्षिकोत्सव बहिष्कारको चेतावनी

प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free voice, data and SMS services in flood-affected areas by 7 days

  • Technology Khabar
  • ११ फाल्गुन २०७८, बुधबार