राष्ट्रिय फ्रिक्वेन्सी रणनीति जारी हुँदै, सी-ब्याण्ड थप अध्ययन गरेर मात्र खुला गरिने

Technology Khabar २५ पुष २०७८, आईतवार

राष्ट्रिय फ्रिक्वेन्सी रणनीति जारी हुँदै, सी-ब्याण्ड थप अध्ययन गरेर मात्र खुला गरिने

काठमाडौं ।

विश्वभर फाइजी प्रविधिका लागि स्पेक्ट्रम उपलब्ध गराउने तयारीसँगै नेपालमा पनि आगामी दिनमा फाइजीको लागि स्पेक्ट्रम छुट्याईएको छ।

हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगत रेडियो फ्रिक्वेन्सी समितिमा पुगेको फ्रिक्वेन्सीको व्यवस्थामा विभिन्न फ्रिक्वेन्सी रेन्जहरुको बारेमा उल्लेख छ।

नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेर बुझाएको रोडम्यापअनुसारको फ्रिक्वेन्सीको बारेमा हालसम्म निर्णय नभएपनि प्राधिकरणले हालको लागि सी-ब्याण्डलाई फाइभजी मोबाइल नेटवर्कमा प्रयोग नगर्ने भएको छ।

विश्वभर सी-ब्याण्डले समस्या पारेको र हवाई यातायातसँग अन्तरविरोध (इन्टरफेरेन्स) आएपछि सो ब्याण्डको थप अध्ययन हुँदैछ। प्राधिकरणले समेत सी ब्याण्ड खुला गर्ने बारेमा उल्लेख गरेपनि सोहि विषयलाई ध्यानमा राखेर थप अध्ययन गर्ने भएको हो।

प्राधिकरणका निर्देशक अम्बर स्थापितले तयार पारिएको राष्ट्रिय फ्रिक्वेन्सी रणनीति छिटै जारी हुने जानकारी दिँदै सी ब्याण्डलाई हाल अध्ययनमा राखिएको बताए।

“प्राधिकरणले तयार पारेको फ्रिक्वेन्सी रणनीतिको डकुमेन्ट अन्तिम चरणमा छ र छिटै आउनेछ तर सी ब्याण्डलाई हाल खुला गर्ने पक्षमा छैनौं,” निर्देशक स्थापितले टेक्नोलोजीखबरसँग भने।

उनकाअनुसार विश्वभर त्यस बारेमा आईरहेको समस्या र अवरोधहरुको बारेमा समेत जानकारी लिने र त्यसपछि स्थानीय तहमा अध्ययन गरेर मात्र खुला गरिनेछ।

“हामीले अमेरिका र युरोपका प्रयोग र समस्याहरुको बारेमा हेर्दै सी ब्याण्डको छुट्टै अध्ययन गर्न लागेका छौं,” उनले भने, “त्यसपछि मात्र खुला गर्ने बारेमा सोच्न सकिनेछ।”

नेपालमा हालसम्म ५जी सेवा प्रयोगमा नआईसकेको भएपनि भविश्यमा आउने तयारीमा रहेको हुँदा त्यसको लागि अहिले नै सुरक्षाका उपायहरु अबलम्बन गर्नुपर्ने उनको भनाई छ ।

“यसको लागि हामी नागरिक उड्डयन प्राधिकरणसँग समेत छलफल गर्दैछौं। र उनीहरुलाई कहाँ समस्या पर्नसक्छ भनेर हेर्नेछौं,” निर्देशक स्थापितले स्पष्ट पारे।

नेपालमा फाइभजी सेवाको परीक्षणका लागि सरकारले नेपाल टेलिकमलाई अनुमति दिईसकेको छ भने टेलिकमले सो कार्यको लागि प्रकृयागत चरणमा रहेको बताएको छ। प्राधिकरणले टेलिकमलाई फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ। टेलिकमले २५०० मेगाहर्जदेखि २५६० मेगाहर्जबीच कूल ६० मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गर्नेछ। यस बाहेक हाल उपयोग गरिरहेको कुनै पनि फ्रिक्वेन्सीमा पनि परीक्षण गर्न सकिने उल्लेख छ।

प्राधिकरणले यसअघि नै राष्ट्रिय फ्रिक्वेन्सी रणनीतिको मस्यौदा सार्वजनिक गरेर त्यसमा सरोकारबालाहरुको धारणा माग गरेको थियो।

अर्कोतर्फ अमेरिकासहित विभिन्न मुलुकहरुमा सी ब्याण्डको प्रयोगसँगै हवाई यातायात र फाइभजी सेवालाई कसरी सँगै लाने भन्ने बारेमा अध्ययन हुँदै गरेको छ।

स्याटेलाइटमा आधारित सी ब्याण्ड हवाई उडानको क्रममा प्लेन अवतरण गर्ने समयमा प्रयोग गरिने अल्टिमिटरमा प्रयोग हुने गरेको छ। सो डिभाइसले प्लेन र एयरपोर्ट बिच उचाई तथा दूरी पत्ता लगाउन मद्दत गर्दछ।

त्यसैगरी सो सी ब्याण्ड हाल फाइजी सेवामा फास्ट डाटा ट्रान्सफर र भरपर्दो नेटवर्कको लागि प्रयोग गरिएको छ।

राष्ट्रिय फ्रिक्वेन्सी रणनीतिको मस्यौदा सार्वजनिक, सुझाब दिन दूरसञ्चार प्राधिकरणको अनुरोध

easy care

प्रकाशित: २५ पुष २०७८, आईतवार

ताजा समाचार