राष्ट्रिय फ्रिक्वेन्सी रणनीतिको मस्यौदा सार्वजनिक, सुझाब दिन दूरसञ्चार प्राधिकरणको अनुरोध

Technology Khabar ४ श्रावण २०७८, सोमबार

राष्ट्रिय फ्रिक्वेन्सी रणनीतिको मस्यौदा सार्वजनिक, सुझाब दिन दूरसञ्चार प्राधिकरणको अनुरोध
NTC_Advt

नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक तयार पारेको राष्ट्रिय फ्रिक्वेन्सी रणनीति छलफलको लागि सार्वजनिक गरेको छ । देशभर उपलब्ध भएका र प्रयोगमा आउन सक्ने तथा प्रयोग भएका फ्रिक्वेन्सीहरुलाई व्यवस्थापन,पारदर्शि प्रयोग र अधिकतम उपयोग गर्नेगरी तयार पारेको रणनीतिको मस्यौदा सार्वजनिक गरेको हो ।

प्राधिकरणले यस राष्ट्रिय फ्रिक्वेन्सी रणनीतिको मस्यौदामा सरोकारबालाहरुले सुझाब दिने र त्यसमा थप सुधार गर्ने अपेक्षा रहेको जनाएको छ।

प्राधिकरणका निर्देशक अम्बर स्थापितले सबैपक्षको सहभागितामा दिर्घकालिन नीति बनाउने उद्धेश्य रहेको जानकारी दिए ।

‘हामीले तयार पारेको मस्यौदा सार्वजनिक गरेका छौं र यसमा सम्बन्धित विज्ञहरु र चासो राख्नेहरुले सुझाब दिने अपेक्षा गरेका छौं,’उनले भने ।

उनकाअनुसार यो रणनीतिको आधारमा भविश्यमा सरकार र प्राधिकरणले फ्रिक्वेन्सीको उपयोगीता बढाउनेगरी व्यवस्थापन गर्नेछ।

‘हामीले भविश्यमा गर्ने भनिएको ७०० मेगाहर्ज र २६०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सन पनि यसै रणनीतिको आधारमा हुनेछ,’ उनले टेक्नोलोजीखबरसँग भने ।

फ्रिक्वेन्सी व्यवस्थापन तथा वितरण प्रणालीलाई थप पारदर्शी र व्यवस्थित गर्नको लागि तयार गरिएको “राष्ट्रिय फ्रिक्वेन्सी रणनीति” को मस्यौदा तयार पारिएको प्राधिकरणको भनाई छ।

सो नीतिको बारेमा सरोकारबालाहरुलाई आगामी १५ दिनमा सुझाब उपलब्ध गराईदिन समेत प्राधिकरणले अनुरोध गरेको छ।

‘उक्त रणनीतिका सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया १५ दिन भित्र निम्न ठेगानामा उपलव्ध गराई रणनीति तर्जुमा गर्ने कार्यमा सहयोग गरि दिनुहुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ,’ सूचनामा भनेको छ ।

‘नेपालको बढ्दो अर्थव्यवस्था र एसियाली आर्थिक शक्तिगृहहरू चीन र भारतको  छेउमा रहेको अर्थ यो हो कि यसले आर्थिक एकीकरण र व्यापारको वास्तविक लाभ लिनको लागि यसलाई कन्भर्टेड आईसीटी सेवाहरूको नयाँ ढाँचाको पूर्ण फाइदाहरू र प्रस्तावहरूको उपयोग गर्नु आवश्यक छ। यो केवल वृद्धियोग्य, प्राप्य र पारदर्शी फ्रेमवर्कको माध्यम बाट विकसित ताररहित ब्रोडब्यान्ड पूर्वाधार मार्फत मात्र गर्न सकिनेछ,’ रणनीतिमा भनिएको छ ।

स्पेक्ट्रम रणनीतिले स्पेक्ट्रम व्यवस्थापनको लक्ष्यहरू सेट गर्ने र देशको समग्र समृद्धिको लागि स्पेक्ट्रमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत गर्ने बताईएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक तयार पारेको राष्ट्रिय फ्रिक्वेन्सी रणनीतिमा हालको फ्रिक्वेन्सीहरुको प्रयोग र त्यसको थप संभावना, ३७०० मेगाहर्ज ब्याण्ड र २६ गीगाहर्जको पहिचान र भविश्यमा फाइभजी सेवाहरुको लागि उपयोगको संभावना, आईएसएम ब्याण्ड, टिडिडि फ्रेमवर्क, फ्रिक्वेन्सी अक्सनलगायतका विषयहरु रहेका छन् ।

तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को लागि बजेट प्रस्तुत गर्दै दूरसञ्चार क्षेत्रमा पूर्वाधार सहप्रयोगलाई कार्यान्वयमा ल्याउने तथा फ्रिक्वेन्सीको उचित बाँडफाँट र प्रयोगको लागि राष्ट्रिय फ्रिक्वेन्सी नीति र रणनीति ल्याउने घोषणा गरेका थिए।

यो पनि हेर्नुस्-

राष्ट्रिय फ्रिक्वेन्सी रणनीतिक योजना बनाउने निर्णय, पारदर्शीरुपमा फ्रिक्वेन्सी बितरण गरिने

हेर्नुहोस् मस्यौदा-

Draft-National-Spectrum-Strategy

प्रकाशित: ४ श्रावण २०७८, सोमबार