राष्ट्रिय फ्रिक्वेन्सी रणनीतिक योजना बनाउने निर्णय, पारदर्शीरुपमा फ्रिक्वेन्सी बितरण गरिने

Technology Khabar ९ चैत्र २०७७, सोमबार

राष्ट्रिय फ्रिक्वेन्सी रणनीतिक योजना बनाउने निर्णय, पारदर्शीरुपमा फ्रिक्वेन्सी बितरण गरिने

काठमाडौं ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई राष्ट्रिय फ्रिक्वेन्सी निर्धारण र रणनीति योजना बनाउन निर्देशन दिएको छ।

हालै बसेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगतको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकले प्राधिकरणलाई राष्ट्रिय फ्रिक्वेन्सी रणनीति बनाउन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

उनकाअनुसार फ्रिक्वेन्सीलाई पारदर्शी र व्यवस्थित बनाउन विज्ञसहितका कार्यटोलीमार्फत अध्ययन गराउन निर्देशन दिईएको हो ।

‘हालसम्म हाम्रो राष्ट्रिय फ्रिक्वेन्सी रणनीतिक योजना नबनेको हुँदा अब राष्ट्रिय फ्रिक्वेन्सी स्ट्राटेजिक प्लान बनाएर जाने योजना छ,’ मन्त्री गुरुङले भने,’ ‘पारदर्शी बितरण प्रणाली बनाईने छ।’

प्राधिकरणले हाल प्रयोग भएका फ्रिक्वेन्सीहरु र बाँकी फ्रिक्वेन्सीहरुको बारेमा बिस्तृत अध्ययन गराई सुझाबसहितको प्रतिवेदन बुझाउनुपर्नेछ।

सो कार्यटोलीले हाल प्रयोग भईरहेका फ्रिक्वेन्सीहरु र प्रयोग नभएका बाँकी फ्रिक्वेन्सीहरुको बारेमा समेत अध्ययन गराई सरोकारबालाहरुसँग समेत सुझाब लिएर प्राधिकरणमार्फत समितिमा प्रतिवेदन बुझाउने बताईएको छ।

यो पनि पढ्नुस्-

स्याटेलाइटबाटै गाउँ-गाउँमा तिब्रगतिको इन्टरनेट पुर्याउने तयारी, का-ब्याण्डको फ्रिक्वेन्सी खुला

easy care

प्रकाशित: ९ चैत्र २०७७, सोमबार