टेलिकमका एमडी नियुक्तिका लागि निर्देशिका संसोधन गरिएकोमा युनियनहरुको आपत्ति

  • Technology Khabar | ५ पुष २०७८, सोमबार
टेलिकमका एमडी नियुक्तिका लागि निर्देशिका संसोधन गरिएकोमा युनियनहरुको आपत्ति

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक(एमडी) पदका लागि मागिएको दरखास्तका लागि तयार पारिएको नयाँ निर्देशिकामा गम्भीर आपत्ति प्रकट गरेका छन्।

टेलिकमका सबै ट्रेड युनियनहरुले सो नयाँ निर्देशिका संसोधन गरेको बारेमा विरोध गर्दै गंभिर ध्यानाकर्षण भएको जनाएका हुन्।

टेलिकमका तीनवटै कर्मचारीहरुको संस्थाले सो बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ध्यानाकर्षण गराउँदै निर्देशिकामार्फत प्रबन्ध निर्देशकको नियुक्ति, उम्मेदवारको शैक्षिक योग्यता, कार्य अनुभव, सेवा अवधि र उमेरको हद जस्ता विषयहरु अस्वाभाविकरुपमा परिवर्तन गरिएकोमा विरोध जनाएका हुन्।

टेलिकमको प्रबन्ध निर्देशकको नियुक्त र सेवा सुबिधा सम्बन्धी निर्देशिका २०७२ तयार पार्दा तत्कालिन समयमा सबैसँग छलफल र सहमतिको आधारमा तयार पारिएको तर हालको निर्देशिका हचुवाको भरमा संसोधन गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनीहरुले २०७५ सालमा निर्देशिका संसोधन र प्रतिस्थापन गरिएको र हाल फेरी प्रबन्ध निर्देशक नियुक्तिकै क्रममा लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०७८ बनाई लागू गर्न खोजिएको उल्लेख छ।

प्रकृयाकैबीचमा सो निर्देशिका परिवर्तन गरिनुले ससंकित बनाएको भन्दै युनियनहरुको ध्यानाकर्षण पत्रमा भनिएको छ, “प्रतिस्पर्धी र क्षमतावान उम्मेदवार छनौट हुने भन्दा पनि निश्चित स्वार्थ केन्द्रित रही तय गरिएका उक्त मापदण्डका विषयहरुमा औचित्यपूर्ण संशोधन गरी खुल्ला प्रतिस्पर्धाको माध्यमबाट लामो समय दूरसञ्चार सेवाको कार्य अनुभव संगाली संस्थाको उउदेश्य, कार्य प्रकृति संस्कृति र मुल्य मान्यता आत्मसात गर्न सक्ने दक्ष, क्षमतावान र योग्य उम्मेदवारलाई कम्पनीको प्रमुख जिम्मेवारी दिईनु न्यायोचित र सान्दर्भिक हुने हामी कम्पनीमा क्रियाशील तिन ओटै नियुयनहरुको साझा बुझाई रहेको छ।”

यो पनि हेर्नुस्-

हालसम्म कसैले हालेनन् नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा दरखास्त

प्रकाशित: ५ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...