प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्याण्डल आर्काइभ गर्न नजान्दा फलोअर र ब्लू टिक हरायो

Technology Khabar १ श्रावण २०७८, शुक्रबार

प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्याण्डल आर्काइभ गर्न नजान्दा फलोअर र ब्लू टिक हरायो

काठमाडौं ।

प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्याण्डलबाट सबै फलोअर तथा प्रमाणिकरणको ‘ब्लू टिक’ हटेको छ ।

प्रधानमन्त्री कार्यालयले यसअघिका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटरको डाटालाई आर्काईभ गर्न नजान्दा प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्याण्डलको सबै बिबरणहरु हराएका हुन् ।

प्रत्येक पटक प्रधानमन्त्रीहरु परिवर्तन हुँदा पुराना डाटाहरु आर्काइभ गर्न सकिने र नयाँ प्रधानमन्त्रीलाई ह्याण्डल प्रयोग गर्न सहज गर्ने गरि बनाउन सकिन्छ ।

यसको लागि पुराना डाटाहरुलाई आर्काइभ गर्न सकिने सुबिधा ट्विटरले दिएको छ ।

तर पुरानो डाटा आर्काइभ गर्न नजान्दा पुरानो ट्विटर ह्याण्डल नै आर्काइभ भएको बताईएको छ।

सेतोपाटीले प्रधानमन्त्री कार्यालयका उपसचिव मनिष भट्टराईलाई उदृत गर्दै पुरानो ट्विटर हयाण्डललाई नै आर्काइभ गरिएको रिपोर्टमा उल्लेख गरेको छ । ‘अघिल्लो प्रधानमन्त्रीले गरेका ट्विटहरूलाई अर्काइभ गर्ने र नयाँ प्रधानमन्त्रीका लागि अकाउन्ट मिलाउन हामीले अकाउन्टको नाम आर्काइभ गरेका हौं’, भट्टराईले सेतोपाटीसँग भनेका छन् ।

यसैबिच प्रधानमन्त्रीको ट्विटर ह्याण्ड नै आर्काइभ हुँदा पुराना सबै फलोअरहरु हराएका छन भने ब्लूटिक पनि गायब भएको छ ।

नयाँ तयार पारिएको ट्विटर ह्याण्डमा हालसम्म केबल २१८ फलोअरहरु रहेका छन भने ४ जनालाई फलो गरेको देखिन्छ । जुलाई २०२१ मा स्थापना गरिएको देखाउने सो ट्विटर ह्याण्डलमा हालसम्म कुनै ट्विटहरु गरिएको छैन् ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रयोग गरिएको डाटालाई मात्र आर्काइभ गर्नुपर्नेमा एकाउन्टै आर्काइभ गरिएको देखिन्छ ।

जसमा अझैपनि सबै फलोअर र ब्लूटिक रहेको छ तर नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाको लागि तयार पारिएको नयाँ ट्विटर ह्याण्डलमा भने फलोअर कम छन भने र ब्लूटिक छैन् ।

कतिपय समयमा ट्विटर ह्याण्डलका सम्पूर्ण डाटाहरुका साथै फलोअरहरु समेत शुन्य बनाउने गरिन्छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्विटर ह्याण्डलका सबै डाटाहरुलाई आर्काइभ गर्नुका साथै फलोअर समेत शुन्य बनाएर मात्र जो बाइडेनले सो ट्विटर ह्याण्डल प्रयोग गरेका थिए ।

हेर्नुस समाचार-

बाइडेनको ट्विटर खाता ‘शून्यबाट सुरु’, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका फलोअर्स नहुने

तर नेपाली प्रधानमन्त्रीको घट्नामा भने ट्विटर एकाउन्ट नै आर्काइभ गरिएको देखिएको हो ।

हामीले यस बारेमा प्रधानमन्त्री कार्यालयका प्रवक्तालाई फोनमार्फत पटक पटक सम्पर्क गर्ने प्रयास गरेको थियौं तर सम्पर्क हुन सकेन् ।

easy care

प्रकाशित: १ श्रावण २०७८, शुक्रबार