नेपाल टेलिकमले भन्यो- ‘सिस्टमको समस्या समाधान गरि सेवा सुचारु भयो, असुविधाप्रति क्षमा प्रार्थी छौं’

Technology Khabar ९ असार २०७८, बुधबार

नेपाल टेलिकमले भन्यो- ‘सिस्टमको समस्या समाधान गरि सेवा सुचारु भयो, असुविधाप्रति क्षमा प्रार्थी छौं’

नेपाल टेलिकमले आज जीएसएम मोबाइल सिस्टममा देखिएको समस्याको बारेमा आधिकारिक जानकारी दिएको छ ।

नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको बताएको छ ।

‘सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करीब २ घण्टामै सेवा सुचारु गर्न सकिएको हो,’ कम्पनीद्धारा जारी विज्ञप्तीमा भनेको छ ।

सो अवधिमा जिएसएम मोबाइलको टूजी, थ्रीजी र फोरजी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भीओएलटीईमा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फोनमा समस्या नदेखिएको जानकारी प्राप्त भएको उल्लेख छ । मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको कम्पनीको भनाई छ ।

कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने बताएको छ ।

कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भए तापनि यस अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ ।

नेपाल टेलिकमको दूरसञ्चार सेवामा देखिएको समस्या समाधान, अनुसन्धान समिति गठन गरिने

TK Viber

प्रकाशित: ९ असार २०७८, बुधबार

Loading...