ब्याटलग्राउण्ड्स मोबाइल इन्डियामा प्रि-रजिस्ट्रेशन गर्ने २ हप्तामा २ करोड नाघे

Technology Khabar २० जेष्ठ २०७८, बिहीबार

ब्याटलग्राउण्ड्स मोबाइल इन्डियामा प्रि-रजिस्ट्रेशन गर्ने २ हप्तामा २ करोड नाघे
Classic Tech

भारतमा पब्जीमाथि प्रतिबन्ध लागेपछि पब्जी निर्माता दक्षिण कोरियाली कम्पनी क्राफ्टनले त्यस्तै प्रकारको गेम ‘ब्याटलग्राउण्ड्स मोबाइल इन्डिया’ बनाएर केही समयमा सार्वजनिक गर्ने भएको छ।

२ हप्ताअघि उक्त गेमको प्रि रजिस्ट्रेशन खुलाएको कम्पनीले २ हप्ताका बीचमा २ करोडभन्दा बढी प्रि-रजिस्ट्रेशन भएको बताएको छ।

कम्पनीको तथ्याङ्क अनुसार गत मे १८ का दिन प्रि रजिस्ट्रेशनको घोषणा गरेको यो गेमका लागि पहिलो दिन नै ७६ लाख जनाको रजिस्ट्रेशन आएको थियो। क्राफ्टनले आफ्नो प्रख्यात ब्याटल रोयाल विधामा एएए मल्टिप्लेयर खेल अनुभवका लागि गत महिना यसको शीर्षक घोषणा गरेको थियो।

हालै स्टुडियोका सीईओले भनेका छन्, ‘म र मेरो टिम मिलेर सन् २०१७ मा बनाएको ब्याटलग्राउण्ड्स आईपी गेमलाई यति अथाह माया गर्नुभएकोमा हामी हाम्रा भारतीय फ्यानहरुप्रति आभार व्यक्त गर्न चाहन्छै। ब्याटलग्राउण्ड्स आईपीलाई विश्वभरीबाट साथ र सद्भाव प्राप्त भइरहेकाले हामी यसलाई निरन्तरता दिँदै जानेछा। यो प्रयासमा ब्याटलग्राउण्ड्स मोबाइल इन्डिया गेममा आकर्षक सामग्री थप्ने र आफ्ना खेलाडीलाई ब्याटल रोयालको अद्भूत अनुभव प्रदान गर्नु पनि रहनेछ।’

पब्जी मोबाइल गेमलाई भारत सरकारले अन्य चिनियाँ एपसँगै गत वर्षकोभारत चीन सीमा विवादलाई लिएर प्रतिबन्ध लगाएको थियो। पब्जी मोबाइल चिनियाँ कम्पनी टेन्सेन्टले निर्माण गरेको हो। हाल आईपीको माउ कम्पनी क्राफ्टनले भारतमा यसलाई नयाँ फिचरसहित नयाँ शीर्षकमा सार्वजनिक गर्न लागेको हो।

TK Viber

प्रकाशित: २० जेष्ठ २०७८, बिहीबार

Loading...