Technology Khabar १७ जेष्ठ २०७८, सोमबार
काठमाडौं ।
पब्जीमाथि प्रतिबन्ध लागेपछि पब्जीकै प्रतिस्पर्धामा आउन लागेको ब्याटलग्रउन्ड मोबाइल इन्डिया गेमको नयाँ टिजर सार्वजनिक भएको छ।
दक्षिण कोरियाको भिडियो गेम डेभलपर क्राफ्टनले ब्याटलग्राउन्ड्स मोबाइल इन्डिया गेमको नयाँ नया टीजर सार्वजनिक गरेको हो। सोसियल मिडियामा आएको उक्त १५ सेकेन्डको टिजरमा पब्जी मोबाइलमा भएको जस्तै ब्यागप्याक देख्न सकिन्छ।
यो टिजरको नाम ‘के तपाईँले प्रि रजिस्टर गर्नुभयो’ रहेको छ। कम्पनीले अहिलेसम्म यसको आधिकारिक घोषणाका बारेमा केही बताएको छैन। तर सार्वजनिक गर्नुअघि स्थानीय यूजरहरुमा काैतुहल र जिज्ञासा भने जगाउन सफल भएको छ।
क्राफ्टनले मे १८ का दिनबाछ यो गेमको प्रि-रजिस्ट्रेशन शुरू गरेको थियो तर हालसम्म कति जनाको प्रि-रजिस्ट्रेशन भयो भन्ने आँकडा सार्वनजनिक भएकव छैन। यो पब्जीकै नयाँ भर्सन हो र यसलाई लक्षिण कोरियाली कम्पनी क्राफ्टनले डेभलप गरेको हो।
मल्टीप्लेयर एक्शन गेम पब्जी मोबाइलमा ब्यागप्याकमा खेलाड़ीले आवश्यक सामान जस्तै बन्दूक, गोली, फर्स्ट एड किट तथा इंजेक्शन आदि राख्ने गर्दथे। नयाँ गेममा पनि यस्तै खाले फिचर पाइने बुझिएको छ।
जारी भएको टिजरमा पब्जीको लेभल ३ मा भएको धेरै क्षमतायुक्त ब्यागप्याक देख्न सकिन्छ। लेभल १ र २ का ब्यागप्याका लेभल ३ को भन्दा थोरै सामान अटाउँछ।
२ जीबी र्याम भएका फोनमा पनि चल्ने
क्राफ्टनले टिजरमा यो गेम २ जीबी र्याम भएका स्मार्टफोनमा पनि चल्ने बताएको छ। एन्ड्रोइड ५.१.१ ललीपप वा योभन्दा माथिका अपरेटिंग सिस्टम भएका र २ जीबी र्याम उपलब्ध मोबाइल फोनमा यसलाई सजिलै खेल्न सकिन्छ।
प्रि-रजिस्ट्रेशन गर्नेलाई पुरस्कार
कम्पनीले प्रि-रजिस्ट्रेशन गर्ने पुरस्कार दिने पनि बताएको छ। यो पुरस्कार भारतीयहरुका लागि मात्र उपलब्ध हुनेछ। प्रि-रजिस्ट्रेशनका लागि गुगल प्ले स्टोरमा गएर ‘प्रि-रजिस्टर’ बटन क्लिक गर्नुपर्छ। यसबाहेक १८ वर्षभन्दा कम उमेरका खेलाडीले प्रि रजिस्टर गर्दा अभिभावकको फोन नम्बर दिनुपर्ने हुन्छ।
प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार