यी हुन नेपालले स्थापना गर्ने स्याटेलाइटमा परामर्श दिन इच्छुक चार कम्पनीहरु

Technology Khabar २४ बैशाख २०७८, शुक्रबार

यी हुन नेपालले स्थापना गर्ने स्याटेलाइटमा परामर्श दिन इच्छुक चार कम्पनीहरु
सांकेतिक

नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने क्रममा त्यसको विभिन्न मोडालिटीहरु बनाउनका लागि परामर्शदाता मागिएकोमा चार कम्पनीहरुले आफ्नो प्रस्तावसहितको आवेदन पेश गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि छनौट सूचीमा परेका ५ कम्पनीहरुलाई नेपालको स्याटेलाइटको निर्माण प्रक्षेपण, र व्यवसायीक संचालन लगायतका मोडालिटीमा परामर्श दिनका लागि आव्हान गरेको थियो ।

सोहिअनुसार ५ कम्पनीहरुमध्ये ४ कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेश गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

‘हिजोसम्म प्रस्ताव बुझाउने समय थियो । जसमा अमेरिकी बाहेक अन्य ४ कम्पनीहरुले बुझाएका छन् ।’ अध्यक्ष खनालले भने ।

प्राधिकरणकाअनुसार यूरोकन्सल्ट, एसथ्रीटेल इंक, लण्डन इकोनोमिक्स लिमिटेड, केपिएमजी अस्युरेन्स एण्ड कन्सल्टिङ्ग सर्भिसेज एलएलपी संस्थाहरुले आफ्नो प्रस्ताव बुझाएका छन् । उनीहरुले हाल प्राविधिक र वित्तिय प्रस्ताव बुझाएका हुन जसअनुसार प्राधिकरणले आगामी दिनमा ती ४ मध्ये एउटा कम्पनीलाई नेपालको स्याटेलाइको सम्पूर्ण परामर्शको कामको जिम्मा दिनेछ ।

यसअघि प्राधिकरणले आवेदन दिएकामध्येबाट ५ वटा कम्पनीहरुलाई स्याटेलाइट स्थापनाको लागि परामर्शदाताहरुको रुपमा छनौट सूचीमा समावेश गरेको थियो । जसमा यूरोकन्सल्ट(EUROCONSULT), एसथ्रीटेल इंक(S3tel Inc), स्पेस पार्टनरसिप इन्टरनेशनल एलएलसी(Space Partnership International, LLC), लण्डन इकोनोमिक्स लिमिटेड(London Economics Limited), केपिएमजी अस्युरेन्स एण्ड कन्सल्टिङ्ग सर्भिसेज एलएलपी (KPMG ASSURANCE AND CONSULTING SERVICES LLP) संस्थाहरु थिए ।

छनौटमा परेको अमेरिकी कम्पनी स्पेस पार्टनरसिप इन्टरनेशनल एलएलसीले तर अहिले भने प्रस्ताव पेश गरेको छैन् ।

चार कम्पनीहरुले बुझाएको प्राविधिक र आर्थिक प्रस्तावको आधारमा अब प्राधिकरणले उत्कृष्ट कम्पनीको छनौट गर्ने अध्यक्ष खनालले बताए ।

‘अब हामीले यी चारमध्येबाट उत्कृष्ट एउटा कम्पनीलाई कामको जिम्मा दिनेछौं र त्यसले परामर्शको काम गर्नेछ ।,’ उनले भने ।

प्राधिकरणकाअनुसार यी कम्पनीहरुमध्ये एउटा कम्पनी छनौट गर्न कम्तिमा३ महिनाको अवधि लाग्नेछ । त्यसपछि मात्र नेपालको आफ्नै स्याटेलाइट स्थापनाको कार्य अगाडी बढ्नेछ ।

२०७६ पुस १ गते अर्थात १६ डिसेम्बर २०२० मा प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट राख्ने उद्धेश्यले त्यसको लागि नीति नियम बनाउने, सुरक्षा र व्यवसायीक मोडालिटी तथा संचालन मोडालिटी तयार पार्नेगरि परामर्शदाताहरु माग गरेको थियो ।

यो पनि हेर्नुस्-

यी हुन् नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न योग्यता पुगेका कम्पनीहरु

TK Viber

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार

Loading...