स्मार्ट टेलिकम किन्ने समाचार गलत भएको ओसीसी कर्पोरेसनको भनाई

  • Technology Khabar | १३ बैशाख २०७८, सोमबार
स्मार्ट टेलिकम किन्ने समाचार गलत भएको ओसीसी कर्पोरेसनको भनाई

काठमाडौं ।

जापानको ओसियन केबल एण्ड कम्युनिकेसन्स (ओसीसी) कर्पोरेसन कम्पनीले नेपाली टेलिकम अपरेटर किन्ने कुरा सत्य नभएको बताएको छ।

कम्पनीले हालै आफ्नो आधिकारिक वेबसाइटमा केहि अनलाइनहरुले गलत सूचना दिएको भन्दै त्यसको खण्डन गरेको हो ।

जापानी पूर्वाधार कम्पनीले हालै नेपालको स्मार्ट टेलिकम प्रालिलाई किन्ने भन्दै समाचार आएकोमा सो समाचार तथ्यमा आधारित नभएको उल्लेख गरेको हो ।

कम्पनीले एक लाईनमा जारी गरेको न्यूज रिलिजमा देश र कम्पनीको नाम उल्लेख नगरि सो जानकारी गलत भएको बताएको हो ।

केहि समयअघि केहि नेपाली अनलाइनहरुले ओसीसीले स्मार्ट टेलिकमलाई किन्ने भएको भन्दै समाचार सार्वजनिक गरेका थिए ।

यो पनि हेर्नुस्-

स्मार्ट टेलिकमले तिरेन् नवौं किस्ता बापतको रकम, ६ अर्ब ५० करोड रुपैयाँ पुग्यो बक्यौता

प्रकाशित: १३ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार