फाइभजी सेवा उपलब्ध गराउने बाटो खुल्यो, प्रस्तावित फ्रिक्वेन्सी दूरसञ्चार प्राधिकरणद्धारा पारित

Technology Khabar २५ माघ २०७७, आईतवार

फाइभजी सेवा उपलब्ध गराउने बाटो खुल्यो, प्रस्तावित फ्रिक्वेन्सी दूरसञ्चार प्राधिकरणद्धारा पारित
सांकेतिक
Classic Tech

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधिको मोबाइल नेटवर्क उपलब्ध गराउन प्रस्ताव गरिएका ५जी फ्रिक्वेन्सीहरु पारित गरेको छ।

प्राधिकरणको गत सोमबार बसेको बोर्ड बैठकले यसअघि प्राधिकरणद्धारा गठित फोरमले गरेको सिफारिसको आधारमा ५जी फ्रिक्वेन्सीहरु उपलब्ध गराउनका लागि पारित गरेको हो ।

यससँगै अब सरकारलाई नयाँ पुस्ताको ५जी मोबाइल सेवाको लागि रेडियो फ्रिक्वेन्सी उपलब्ध गराउन आधार तयार हुनेछ।

प्राधिकरण अन्तरगत गठित राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले गत मंसिरमा नै फाइभजीका लागि फ्रिक्वेन्सी सिफारिस गरेको थियो।

यी ब्याण्डमा ५जी चलाउन सकिने

समितिकाअनुसार न्यून ब्यान्डअन्तर्गतका सात सय, नौ सय, १८ सय, २३ सय, २६ सय मेगाहर्ज, मध्यम ब्यान्डका ३३ सय, ३४ सय, ३६ सय, ४७ सय मेगाहर्ज र उच्च ब्यान्डको २६ गिगाहर्ज ब्यान्ड सिफारिस गरेको हो।

सेवा प्रदायकहरुलाई न्यून फ्रिक्वेन्सी ब्यान्डहरूमा १० देखि २० मेगाहर्ज, मध्यम ब्यान्डअन्तर्गत एक सय मेगाहर्जसम्म र उच्च ब्यान्डमा एक हजार मेगाहर्जसम्म फ्रिक्वेन्सी दिन फोरमको सिफारिस गरेको थियो।

सोहि फोरमले दिएको सुझाब र सिफारिसअनुसार ५जीका लागि नयाँ फ्रिक्वेन्सी उपलब्ध गराउने प्रस्ताव पारित भएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

प्रस्तावित फाइभजी फ्रिक्वेन्सी ब्याण्डले अन्य फ्रिक्वेन्सीहरुलाई पार्ने असरको अनुसन्धान गरिने

‘यसअघि गठिन फोरमले दिएको सिफारिसअनुसार नै ५जीका लागि स्पेक्ट्रम पारित भएको छ त्यसैअनुसार सरकारलाई खुला गर्न उपलब्ध गराउनेछौं, स्रोतले टेक्नोलोजीखबरलाई भन्यो ।

अब प्राधिकरणले गरेको सो निर्णय सरकारको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा जानेछ र त्यहाँबाट अनुमति पाएपछि मात्र ५जी सेवाको लागि सो फ्रिक्वेन्सी उपलब्ध गराउन सकिनेछ।

यसअघि नै नेपाल टेलिकमले आफूहरु सरकारले फ्रिक्वेन्सी उपलब्ध गराएमा र अनुमति दिएमा फाइभजी परीक्षण गर्न तयार रहेको बताईसकेको छ। टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको वार्षिकोत्सवको अवसरमा रणनितीहरु सार्वजनिक गर्दै ५जीको अध्ययन परीक्षण र व्यावसायिक सञ्चालनको प्रारुप तयार पार्ने बताएका थिए ।

त्यसैगरि सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पनि ५जी सेवाको लागि तयारी गर्न टेलिकमलाई भनेका थिए ।

यो पनि हेर्नुस्-

स्याटेलाइटबाट गाउँमा ब्रोडब्याण्ड पुर्याउने योजनामा दूरसञ्चार प्राधिकरण, नयाँ फ्रिक्वेन्सी सिफारिस

 

TK Viber

प्रकाशित: २५ माघ २०७७, आईतवार

Loading...