परियोजनाहरुमा ढिलाई हुँदा सेवाको गुणस्तरमा असर परेको नेपाल टेलिकमद्धारा स्वीकार

Technology Khabar २ मंसिर २०७७, मंगलवार

परियोजनाहरुमा ढिलाई हुँदा सेवाको गुणस्तरमा असर परेको नेपाल टेलिकमद्धारा स्वीकार
नेपाल टेलिकमको फोरजी लोगो । फाइल फोटो
Classic Tech
Nepal Telecom

नेपाल टेलिकमले चालु आवको पहिलो त्रैमासमा एकैपटक १ अर्ब रुपैयाँ भन्दा बढि नाफा गुमाएको छ । कम्पनीको त्रैमासिक आम्दानी घटेसँगै नाफामा पनि कमी देखिएको हो।

कम्पनीको आम्दानी तथा नाफामा कमी आएसँगै किन नाफा घट्यो भन्ने कम्पनीले कारण समेत दिएको छ । टेलिकमले आफ्ना परियोजनामा देखिएको सुस्ता र ढिलाईका कारण नै आम्दानी र नाफामा कमी आएको स्वीकार गरेको छ ।

टेलिकमले देखाएको बाह्य र आन्तरिक समस्याहरु तथा चुनौतीहरुमध्ये आन्तरिक चुनौतीमा आफ्ना परियोजनाहरुको बिस्तारमा निकै लामो समय लागेको हुँदा त्यसले गुणस्तरमा समेत असर पारेको स्वीकार गरेको हो ।

यसका साथै टेलिकमकाअनुसार कोभिड १९, सेवामा ३० प्रतिशत छुट दिने सरकारको निर्देशन र विदेशमा कामगर्न गएका नेपालीहरु फर्किनु कारक रहेको छ ।

नेपाल टेलिकमकाअनुसार हालको समयमा बाह्य चुनौतीको रुपमा मुख्यगरि बजार प्रतिस्पर्धा नयाँ प्रविधिको विकास लगायत १० चुनौती तथा समस्याहरु देखिएका छन भने आन्तरिकरुपमा ४ फरक चुनौतीहरु रहेका छन्।

टेलिकमकाअनुसार यी प्रमुख चुनौती र समस्याहरु रहेका छन् –

  • ससक्त बजार प्रतिस्पर्धा
  • टेलिकम प्रविधिमा भएको तिब्रगतिको विकास र आधुनिकीकरण
  • विश्वव्यापी प्रवृत्तिअन्तरगत भ्वाइसबाट डाटामा व्यवसाय परिवर्तन हुँदै
  • ओभर दि टप ओटिटी एप्लिकेसनहरुका कारण अन्तराष्ट्रिय व्यवसायमा परेको नकारात्मक प्रभाव र आम्दानी
  • बजारमा भएका विभिन्न विकल्पहरुका कारण ग्राहकहको रुची र चाहनामा आएको परिवर्तन,
  • ग्राहकहरुको मागमा उनीहरुको सेवाहरुको अनुभवको आधारमा तिब्रगतिमा परिवर्तन आउनु
  • प्रमुख स्थानहरुमा रहेका वैदेशिक रोजगारीमा गएका कामदारहरुको संख्यामा कमी
  • नियम तथा कानूनहरुमा आएको परिवर्तन
  • कोभिड-१९ महामारीको कारणले चलायमान गतिबिधिमा रोक हुँदा संभावित नेटवर्क प्रयोगमा असर परेको र परिणामस्वरुपम सेवाको आम्दानी घट्नु
  • सरकारी निर्देशनअनुसार टेलिकमका मोबाइल डाटा र इन्टरनेट सेवामा ३० प्रतिशतको छुट दिनु

यी कारणहरुलाई कम्पनीले बाह्य समस्या र चुनौती मानेको छ भने आन्तरिक चुनौतीहरु यस प्रकार छन् ।

  • कामदारहरुको कार्य शैलीमा परिवर्तन,
  • गुणस्तरीय सेवाहरुमा सुधारको लागि बिस्तारका लागि भईरहेका परियोजनाहरुमा लामो र सुस्त विकास
  • दूर्गम क्षेत्रमा सेवाहरु पुर्याउन र मर्मतमा भएको ढिलाई,
  • कोभिड १९ महामारीका कारण सेवाको बिस्तार, रिचार्ज बिक्री च्यान र आवश्यक सेवाको मर्मतमा परेको प्रभाव

यो पनि हेर्नुस्-

चालु आवको पहिलो त्रैमासमा टेलिकमको नाफा १ अर्बले घट्यो, ५० करोड रुपैयाँ आम्दानी गुमायो

TK Viber

प्रकाशित: २ मंसिर २०७७, मंगलवार

Comments are closed.

Loading...