Technology Khabar २ मंसिर २०७७, मंगलवार
काठमाडौं ।
नेपाल टेलिकमले चालु आवको पहिलो त्रैमासमा एकैपटक १ अर्ब रुपैयाँ भन्दा बढि नाफा गुमाएको छ । कम्पनीको त्रैमासिक आम्दानी घटेसँगै नाफामा पनि कमी देखिएको हो।
कम्पनीको आम्दानी तथा नाफामा कमी आएसँगै किन नाफा घट्यो भन्ने कम्पनीले कारण समेत दिएको छ । टेलिकमले आफ्ना परियोजनामा देखिएको सुस्ता र ढिलाईका कारण नै आम्दानी र नाफामा कमी आएको स्वीकार गरेको छ ।
टेलिकमले देखाएको बाह्य र आन्तरिक समस्याहरु तथा चुनौतीहरुमध्ये आन्तरिक चुनौतीमा आफ्ना परियोजनाहरुको बिस्तारमा निकै लामो समय लागेको हुँदा त्यसले गुणस्तरमा समेत असर पारेको स्वीकार गरेको हो ।
यसका साथै टेलिकमकाअनुसार कोभिड १९, सेवामा ३० प्रतिशत छुट दिने सरकारको निर्देशन र विदेशमा कामगर्न गएका नेपालीहरु फर्किनु कारक रहेको छ ।
नेपाल टेलिकमकाअनुसार हालको समयमा बाह्य चुनौतीको रुपमा मुख्यगरि बजार प्रतिस्पर्धा नयाँ प्रविधिको विकास लगायत १० चुनौती तथा समस्याहरु देखिएका छन भने आन्तरिकरुपमा ४ फरक चुनौतीहरु रहेका छन्।
टेलिकमकाअनुसार यी प्रमुख चुनौती र समस्याहरु रहेका छन् –
यी कारणहरुलाई कम्पनीले बाह्य समस्या र चुनौती मानेको छ भने आन्तरिक चुनौतीहरु यस प्रकार छन् ।

यो पनि हेर्नुस्-
चालु आवको पहिलो त्रैमासमा टेलिकमको नाफा १ अर्बले घट्यो, ५० करोड रुपैयाँ आम्दानी गुमायो
प्रकाशित: २ मंसिर २०७७, मंगलवार