इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रुपमा राखिने

Technology Khabar २८ श्रावण २०७७, बुधबार

इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रुपमा राखिने
Global IME Bank

काठमाडौं ।

इन्टरनेट सेवालाई सरकारले अत्यावश्यक सेवाको रुपमा राख्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिनियर म्यानेजमेन्ट मिटिङ्गले इन्टरनेट सेवालाई अत्यावश्यक सेवामा राख्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रालयले सो कार्यको लागि सूचना प्रविधि महाशाखा अन्तरगतको सूचना प्रविधि कार्यान्वयन तथा समन्वय शाखालाई जिम्मेवारी तोकेको छ।

सो शाखाले आगामी १ साताभित्रै सरकारलाई मन्त्रालयमार्फत इन्टरनेट सेवालाई अत्यावश्यक सेवामा समावेश गर्न पत्र पठाउनेछ।

यसअघि मन्त्रिपरिषदले नै निर्णय गरेर इन्टरनेट सेवालाई अत्यावश्यक सेवामा पर्ने निर्णय गरेको थियो । गत वैशाखमा बसेको मन्त्रिपरिषदको बैठकले इन्टरनेट सेवाको मर्मत र संचालनलाई अत्यावश्यक सेवाअन्तरगत राखेर संचालन गर्न दिने निर्णय गरेको थियो ।

सूचना प्रविधिका उद्योग र व्यवसाय अझै संचालन नहुने, मोबाइल फोन बजार खुल्ने समेत अनिश्चित

तर अत्यावश्यक सेवा ऐनमा भने सूचना प्रविधि क्षेत्रको तार सेवा, डाँक सेवा, टेलिफोन सेवालगायतलाई मात्र अत्यावश्यक सेवा भनेर तोकिएको छ ।

अब भने बैधानिकरुपमा र इन्टरनेट सेवालाई अत्यावश्यक सेवामा समावेश गरिन लागेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले भने दूरसञ्चार सेवा अन्तरगत नै राखेर इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रुपमा समावेश गरेको छ भने सोहिअनुसार निर्देशन र संयोजन गर्दै आएकोछ ।

Sajilo Visa

प्रकाशित: २८ श्रावण २०७७, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार