स्याटेलाइट राख्ने सरकारी योजनाअन्तरगत ‘नेपालको भू-उपग्रह नीति’ स्वीकृत

Technology Khabar ५ असार २०७७, शुक्रबार

स्याटेलाइट राख्ने सरकारी योजनाअन्तरगत ‘नेपालको भू-उपग्रह नीति’ स्वीकृत
Classic Tech

सरकारले आफ्नै स्याटेलाइट राख्ने उद्धेश्यले पहिलो पटक स्याटेलाइट नीति ल्याएको छ । मन्त्रिपरिषदको असार २ गते बसेको बैठकले नेपालको स्याटेलाइट नीति पारित गरेको छ ।

अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदले नेपालको भू-उपग्रह नीति, २०७७ लाई स्वीकृत गरेको जानकारी दिए ।

नयाँ नीति पारित भएसँगै अब सरकारलाई आफ्नै अर्बिटल स्टलमा स्याटेलाइन राख्न सहज हुने भएको छ । मस्यौदा तयार भएको करिब ९ महिनापछि नेपालको भू-उपग्रह नीति स्वीकृत भएको हो ।

यसका साथै मन्त्रीपरिषद बैठकले सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक संघिय संसदमा पेश गर्न स्वीकृति समेत प्रदान गरेको छ ।

नेपालको स्याटेलाइट नीति गत वर्ष नै तयार पारिएको थियो भने सो मन्त्रिपरिषदमा छलफलको क्रममा रहेको थियो । सो नीतिअनुसार अन्तरिक्षमा नेपालको उपस्थिति सुनिश्चित भई मुलुकको समृद्धि हासिल हुने परिकल्पना गरेको छ ।

स्याटेलाइट नीतिले नेपालबाट नियन्त्रण एवं संचालन हुने गरी भू उपग्रह प्रक्षेपण तथा स्थापना गर्ने, अन्तरिक्ष प्रविधिको लागि आवश्यक शीप एवं क्षमता भएका दक्ष जनशक्ति तयार गर्ने, भू उपग्रह संचालन गरी सेवा प्रदान गर्न आवश्यक संस्थागत प्रबन्ध गर्ने र अन्तरिक्षसँग सम्बन्धित अन्तराष्ट्रिय संघ संस्थाहरुसँग समन्वय एवं सहकार्य गर्ने उद्धेश्यहरु लिएको छ ।

स्याटेलाइट स्थापनाका लागि संयोजन गर्नका लागि यसअघि नै नेपाल दूरसञ्चार प्राधिकरणलाई तोकिएको छ ।

यो पनि हेर्नुस्-

सन् २०२२* भित्र आफ्नै स्याटेलाइट राख्ने सरकारको महत्वाकांक्षी योजना, स्याटेलाइट नीति बनाईँदै

 

TK Viber

प्रकाशित: ५ असार २०७७, शुक्रबार

Loading...