Technology Khabar ५ असार २०७७, शुक्रबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले वार्ताको माध्यमबाट दिन लागेको ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको लागि ‘नेगोसिएसन’को प्रकृया सम्पन्न भएको छ ।
एनसेल प्रालिसँग वार्तामार्फत ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको मूल्य तय गर्न गठित समितिले एनसेलसँग तीन दिनसम्म लगातार ‘नेगोसिएसन’ गरेर प्रस्तावित रकमको टुंगो लगाएको छ ।
दूरसंचार प्राधिकरणका निर्देशक अम्बर स्थापितको संयोजकत्वमा गठित समितिले एनसेलसँग चरणबद्धरुपमा तीन दिन वार्ता गरेको थियो भने सोहि वार्ताको आधारमा खरिद रकमको टुंगो लागेको हो ।
समितिले यसअघि प्राधिकरण बोर्डले तोकेको आधारभूत मापदण्डको आधारमा एनसेलसँग वार्ता गरेको थियो । जसमा एनसेलको तर्फबाट कम्पनीका सिईओ एण्डि चोङ्गको नेतृत्वमा टिम सहभागी रहेको थियो ।
वार्ता समितिले खरिद मूल्यको बारेमा प्रतिवेदन तयार गरेर बोर्डमा प्रस्ताव पठाएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।
‘संभवत शुक्रबार बस्ने बोर्ड बैठकमा सो बारेमा प्रस्ताव जानेछ र छलफल शुरु हुनेछ, त्यसपछि मात्र फ्रिक्वेन्सी खरिद रकमको टुंगो लाग्नेछ,’ प्राधिकरण स्रोतले भन्यो ।
एनसेलले छलफलको चरणमा प्राधिकरणले तोकेको आधारहरुको बारेमा समेत प्रष्टिकरण गर्न भनेको स्रोतको दाबी छ।
यसअघिको बोर्डले ३ बुँदे आधार तोकेर ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी मूल्य तय गर्न र वार्ता गर्न समितिलाई निर्देशन दिने निर्णय गरेको थियो ।
‘एनसेलले प्राधिकरण कमिटीलाई ९०० मेगाहर्ज ब्याण्डमा करिब ६३ प्रतिशतको हाराहारीमा रकम तिर्ने र २१०० मेगाहर्ज ब्याण्डमा करिब ३० प्रतिशतको हाराहारीमा रकम तिर्ने प्रस्ताव गरेको छ,’ प्राधिकरण स्रोतले दाबी गर्यो ।
यसबारेमा बोर्डले मात्र निर्णय गर्न सक्नेहुँदा कमिटीले वार्तामा एनसेलले तिर्न सहमत भएको प्रस्तावित फ्रिक्वेन्सी मूल्यको बारेमा जानकारी मात्र दिने बताईएको छ।
९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको लागि जारी टेण्डर डकुमेन्टहरुका अनुसार बोर्डले प्रस्तावित फ्रिक्वेन्सी मूल्य उचित ठानेमा एनसेललाई फ्रिक्वेन्सी दिन सक्नेछ भने रकम अनुपयुक्त लागेमा फ्रिक्वेन्सी नदिने निर्णय समेत गर्न सक्नेछ ।
दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी(बाँडफाँड तथा मूल्य सम्बन्धी) नीति २०७३ अनुसार ९०० मेगाहर्ज ब्याण्डको आधार मूल्य २ करोड ४० लाख रुपैयाँ अनपेयर्ड अर्थात एकतर्फीको तोकिएको छ भने २१०० मेगाहर्ज ब्याण्डको आधार मूल्य १ करोड २० लाख रुपैयाँ अनपेयर्ड अर्थात एकतर्फीको तोकिएको छ।
यसअघि प्राधिकरण बोर्डबाट तय गरिएका आधारहरु यस्ता छन्-
९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी मूल्य तय गर्न एनसेलसँग वार्ता शुरु
प्रकाशित: ५ असार २०७७, शुक्रबार