सञ्चार मन्त्री डा. खतिवडाको दाबी- स्याटेलाइट खरिद पारदर्शी र प्रतिस्पर्धी ढंगले अघि बढ्छ

Technology Khabar ३ असार २०७७, बुधबार

सञ्चार मन्त्री डा. खतिवडाको दाबी- स्याटेलाइट खरिद पारदर्शी र प्रतिस्पर्धी ढंगले अघि बढ्छ
Classic Tech

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालको आफ्नो स्याटेलाइट हुनुपर्दछ भन्ने उद्धेश्यले आगामी आर्थिक वर्षमा त्यसको लागि बजेट राखिएको बताएका छन् ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको बजेट बारेको राष्ट्रिय सभामा भएको आजको छलफलको क्रममा नेपालको स्याटेलाइट राख्ने उद्धेश्यले आगामी आर्थिक वर्षको बजेटमा प्रारम्भिकरुपमा न्यून रकम छुट्याएको बताएका हुन् ।

धेरै समयपछि नेपालको अर्बिटल स्लट फिर्ता आएको भन्दै उनले धेरै समयपछि आएको हाम्रो अधिकार प्रयोग गर्न खोजेको स्पष्ट पारेका थिए ।

‘अहिले हाम्रा स्रोतहरु जमिन र जंगलमा मात्र छैनन हावामा पनि छन भनेर मैले बारम्बार भनिरहेको छु, त्यो सेटेलाइट कुन बिधिबाट ल्याउने हो कसरी ल्याउने हो यसमा बहस गर्न सकिन्छ,’ अर्थमन्त्री डा. खतिवडाले भने, ‘तर नेपालको आफ्नै स्याटेलाइट हुनुपर्दछ भन्नेमा कुनै विवाद होला भन्ने मलाई लाग्दैन् ।’

उनले स्याटेलाइट खरिदको विषयका सबै कुराहरु पारदर्शी र प्रतिस्पर्धी ढंगले अघि बढ्ने आश्वस्त पारेका थिए । उनले यसको लागि आगामी आवमा न्यून रकम राखिएको जानकारी समेत दिए ।

नेपाल दूरसञ्चार प्राधिरकरणले पनि स्याटेलाइटको लागि आगामी आवको बजेटमा रकम व्यवस्था गरेको छ ।

यो पनि हेर्नुस्-

दूई वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरि सञ्चालनमा ल्याईने

प्रकाशित: ३ असार २०७७, बुधबार

Comments are closed.

Loading...