दूई वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरि सञ्चालनमा ल्याईने

Technology Khabar २ जेष्ठ २०७७, शुक्रबार

दूई वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरि सञ्चालनमा ल्याईने
सांकेतिक
Classic Tech

आगामी आर्थिक वर्षको बजेटमा स्याटेलाइट स्थापनाको लागि योजना ल्याउने सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ ।

संघिय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम घोषणाा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउन र ब्याण्डविथको रकम बाहिर जानबाट रोक्न स्याटेलाइट राख्ने घोषणा गरिन् ।

‘दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउन, उच्च हिमाली भुभागमा ब्रोडब्याण्डसहितको इन्टरनेट सेवा उपलब्ध गराउन एर्व ब्याण्डथिको भुक्तानीका लागि रकम विदेशीन नदिनका लागि आगामी २ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरि संचालनमा ल्याईने छ,’ राष्ट्रपति भण्डारीले घोषणा गरिन् ।

प्रकाशित: २ जेष्ठ २०७७, शुक्रबार

Comments are closed.

Loading...