नेपाल र भारतका ह्याकरहरुको जुहारी बिच नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

Technology Khabar ११ जेष्ठ २०७७, आईतवार

नेपाल र भारतका ह्याकरहरुको जुहारी बिच नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारीक वेबसाइट भारतीय ह्याकरहरुले ह्याक गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइटसँग सम्बन्धित सबै अन्य वेबसाइट डोमेन समेत ह्याक गरिएको छ ।

भारतीय ह्याकरहरुको टिमले प्राधिकरणको वेबसाइट (http://caanepal.gov.np/) ह्याक गरेको हो ।

अपडेट २ः हाल नागरिक उड्डयन प्राधिकरणको मुख्य वेबसाइट नै डाउन भएकोछ ।

अपडेट १ः

भारतीय ह्याकरहरुले ह्याक गरेको प्राधिकरणको वेबसाइटलाई हाल ठिक गरिएको छ तर सो मुख्य डोमेनसँग सम्बन्धित अन्य डोमेनहरु भने अझै ह्याकरको पहुँचमा रहेकोछ ।

नेपालले लिपुलेकसहितको नक्सा सार्वजनिक गरेसँगै भारतीय ह्याकरहरुले नेपाली वेबसाइटहरु ह्याक गर्ने क्रम बढिरहेको छ ।

उनीहरुले विभिन्न सरकारी डोमेन ह्याक गर्दै आएका छन् ।

पछिल्लो दिनमा भारतीय ह्याकरहरुले नेपाली डोमेन ह्याक गर्न शुरु गरेसँगै नेपाली ह्याकरहरुले पनि भारतको आधार कार्डसहितको जानकारीहरु लीक गरिदिएका थिए । नेपाली ह्याकरले भारतका विभिन्न विश्वविद्यालयका जानकारीहरु समेत ह्याक गरेर लीक गरिदिएका थिए ।

हाल दुबै पक्षका ह्याकरहरुबिच चेतावनी र धम्की दिँदै एक अर्काको देशका वेबसाइटहरु ह्याक गरिरहेको देखिन्छ ।

यसैबिचमा भारतीय ह्याकरहरुले नागरिक उड्डयन प्राधिकरणको आधिकारीक वेबसाइट र सो वेबसाइटसँग सम्बन्धित अन्य डोमेनहरु ह्याक गरेका हुन् । सो ह्याकिङ्गसँगै वेबसाइट भारतीय ह्याकरहरुको समूह ‘टिम आईक्रु ह्याकर’हरुको पहुँच पुगेको हो ।

यो समाचार तयार पारुन्जेलसम्म सो साइटमा ह्याकरहरुको पहुँच रहेको छ ।

यो पनि हेर्नुस्-

लिपुलेकसहितको नक्सा सार्वजनिक भएपछि भारतिय ह्याकरहरु सक्रिय, सरकारी वेबसाइट ह्याक गर्दै

easy care

प्रकाशित: ११ जेष्ठ २०७७, आईतवार

ताजा समाचार