लिपुलेकसहितको नक्सा सार्वजनिक भएपछि भारतिय ह्याकरहरु सक्रिय, सरकारी वेबसाइट ह्याक गर्दै

Technology Khabar ८ जेष्ठ २०७७, बिहीबार

लिपुलेकसहितको नक्सा सार्वजनिक भएपछि भारतिय ह्याकरहरु सक्रिय, सरकारी वेबसाइट ह्याक गर्दै

काठमाडौं ।

नेपालको राष्ट्रिय नेपाल पुस्तकालय अर्थात नेपाल नेशनल लाइब्रेरीको वेबसाइटलाई ह्याक गरेका छन् । यसअघि बाँकेको बोटानिकल अनुसन्धान केन्द्रको वेबसाइटलाई ह्याक गरिएको थियो ।

दुबै साइटहरुलाई भारतीय ह्याकरहरुले ह्याक गरेको अनुमान गरिएको छ ।

नेशनल नेपाल लाइब्रेरीको वेबसाइट (https://www.nnl.gov.np/)लाई ह्याक गर्ने ह्याकरले आफ्नो नाम सामहारुस राखेको छ भने बाँकेको बोटानिकल सेन्टरको वेबसाइट ह्याक(http://www.dprobanke.gov.np) गर्नेले भने इण्डियन साइबर ट्रूपको नामबाट ह्याक गरेका छन् ।

दुबै ह्याकरहरुले नेपाललाई चेतावनी दिँदै साइटहरु ह्याक गरेको देखिन्छ। जहाँ खेल शुरु भएको र आगामी दिनहरुमा थप ह्याक गरिने उल्लेख गरिएका छन् । त्यसैगरि भारतीयसँग जोरी नखोज तिमिहरुले गुमाउनुपर्नेछ भन्ने जस्ता संदेशसहितका चेतावनीहरु दिईएको छ ।

जहाँ ह्याकरले नेपालीहरुलाई अझै ह्याक गर्ने धम्कीपूर्ण भाषामा चेतावनी दिएको देखिन्छ।

पछिल्लो दिनमा नेपाल र भारतबिच लिपुलेकको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । नेपालले आफ्नो भूमीसहितको नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले त्यसलाई अस्विकार गर्ने बताएको छ भने भारतीय मिडियाहरुमा नेपाली कदमको चर्को आलोचना गरिएको छ ।

ऐतिहासिकरुपमा नै नेपालको भूभाग रहेको सो कालापानी, लिपुलेकसहितको नक्सा सार्वजनिक भएसँगै नेपालीहरुका विरुद्धमा भारतीय ह्याकरहरु परिचालित भएको आशंका गरिएको छ ।

हाल ह्याक गरिएका दुबै वेबसाइटहरु सस्पेण्ड गरिएका छन् ।

easy care

प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार