संचार मन्त्री बाँस्कोटाले सीजिलाई भने- २० अर्ब रुपैयाँ तिरेर यूनिफाइड लाइसेन्स लिनुस्

Technology Khabar २३ माघ २०७६, बिहीबार

संचार मन्त्री बाँस्कोटाले सीजिलाई भने- २० अर्ब रुपैयाँ तिरेर यूनिफाइड लाइसेन्स लिनुस्
फाइल
Classic Tech

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिजीलाई २० अर्ब रुपैयाँ तिरेपछि मात्र मोबाइल सेवाको यूनिफाइड लाइसेन्स दिने बताएका छन् । मन्त्री बाँस्कोटाले आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै २० अर्ब तिरेर देशभर मोबाइल सेवा चलाउन यूनिफाइड लाइसेन्स लिन भनेका हुन् ।

बाँस्कोटाले सी.जि. कम्युनिकेशन प्रालिले नियमअनुसार २० अर्ब रुपैयाँ तिरेपछि मात्र लाइसेन्स पाउने बताएका हुन् ।

अरु कम्पनीले २० अर्ब तिरेर गरेको टेलिकमको लाइसेन्स लिएको भन्दै २५ लाख रुपैयाँ तिरेर देशभर टेलिकम सेवा संचालनको लाइसेन्स नपाईने बताए । उनले सिजीलाई ग्रामीण क्षेत्रमा टेलिकम सेवा चलाउन सरकारले नै १० ११ करोड रुपैयाँ दिएको र २५ लाख रुपैयाँमा युनिफाइड टेलिकमको लाइसेन्स नपाउने बताए ।

‘सिजीलाई हामीले के दिनुपर्ने भन्ने प्रश्न गर्दै मन्त्री बाँस्कोटाले भने, ‘सिजीले लिएको ग्रामीण दूरसंचारको हो उहाँले पुरानो ५१४ गाबिसहरुमा काम गर्नुपर्ने हो । त्यहाँ काम गर्नुभएको छ की छैन् । करिब १ मिलियन डलर सहयोग गरेको सरकारले कहाँ अवरोध पुर्यायो उहाँहरुलाई ?’

मन्त्री बाँस्कोटाले प्रतिपक्षको हुँदैमा वा ठूलो घरानाको हुँदैमा प्रकृया नपुर्याएर लाइसेन्स दिनुपर्ने आधार नभएको स्पष्ट पारे । चौधरीले निशुल्क टेलिकम सेवा दिन्छु भनेको विषयमा कति समयलाई दिने हो भन्ने प्रश्न गर्दै आजीवन निशुल्क दिएमा स्वागत गर्ने उनको भनाई थियो ।

‘ट्याक्स तिरेर वा सरकारलाई तिर्नुपर्ने रोयल्टी तिरेर निशुल्क हो की सरकारले पनि केहि नलिने उहाँले पनि केहि नतिरेर हो की के हो केहि बुझिएन,’ उनले भने ।

देशभर जाने हो भने यूनिफाइडबाट आउनुपर्यो, सिमित ठाउँमा जाने हो भने दिएको बाट चलाउनुपर्ने बताए । आर्थिक राजनीतिक प्रबन्धन तोडेर राजनीतिक मसला बनाउनुभन्दा नियम, कानून प्रणााली, पद्धती भित्र छिरेर कामगर्न उनले अनुरोध गरे ।

यो पनि हेर्नुस्-

सीजि कम्युनिकेशनको लिमिटेड मोबिलिटीको लाइसेन्स रद्ध, तोकिएको समयमा नवीकरण नै गरेन

प्रकाशित: २३ माघ २०७६, बिहीबार

Comments are closed.

Loading...