
काठमाडौं ।
काठमाडौं । स्मार्ट टेलिकमलाई दिएको ब्रोडब्याण्ड कनेक्टिभिटी परियोजनाको सम्झौता स्वत खारेज गरेको विषयमा स्मार्ट टेलिकमले सर्वोच्च अदालतमा मुद्धा दायर गरेकोछ ।
नेपाल दूरसंचार प्राधिकरणलाई विपक्षी बनाएर स्मार्ट टेलिकमले आइतवार दायर गरेको मुद्धामा सर्वोच्चले छलफलको लागि बोलाएको छ ।
स्मार्टको तर्फबाट सजिन राजभण्डारीद्धारा अन्तरिम आदेश माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले कारण देखाउ आदेशसहित दुबै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको हो ।
स्मार्टले उत्प्रेषणको मुद्धा दायर गर्दै अन्तरिम आदेश माग गरेको थियो तर सर्वोच्चले भने सो आदेश दिनु अगाडि दुबैपक्षलाई छलफलका लागि बोलाएको हो ।
सर्वोच्चले दुवै पक्षसँगको छलफलपछि मात्र अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ ।
यो पनि हेर्नुस्-
स्मार्ट टेलिकमले पाएको अप्टिकल ब्याकबोनको परियोजना स्वतः खारेजमा, के हुन्छ बैंक ग्यारेन्टी रकम ?
प्रकाशित: ५ कार्तिक २०७६, मंगलवार