नेपालको लागि १२३.३ डिग्रीमा स्याटेलाइट व्यवसायीकरुपमा उपयुक्त छैन्- प्रतिवेदन

Technology Khabar १९ चैत्र २०७५, मंगलवार

नेपालको लागि १२३.३ डिग्रीमा स्याटेलाइट व्यवसायीकरुपमा उपयुक्त छैन्- प्रतिवेदन
प्रतिकात्मक
Classic Tech

नेपालको आफ्नै स्याटेलाइट- भाग २

काठमाडौं । नेपालले हालै फ्रान्ससँग समझदारी गरेर लन्च गर्न लागेको स्याटेलाइट(भूउपग्रह) व्ययसायीकरुपमा पूर्ण उपयोगी नहुने अध्ययनले देखाएको छ ।

नेपाल दुरसंचार प्राधिकरणले नेपालको स्याटेलाइटको लागि गराएको अध्ययनबाट हालको अर्विटल स्लटमा राखिने स्याटेलाइट व्यवसायीकरुपमा पूर्ण सफल हुनेमा आशंका व्यक्त गरेको छ ।

हालसम्म सार्वजनिक नभएको ‘नेशनल स्याटेलाइट स्ट्राटेजी एण्ड पोलिसी फाइनल रिपोर्ट’ मा हाल नेपाललाई उपलब्ध गराईएको अर्बिटल स्लट उपयुक्त नभएको हुँदा अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेसन यूनियन(आईटियू)लाई अनुरोध गर्न सुझाव दिईएको छ ।

हालै टेक्नोलोजीखबर डटकमलाई प्राप्त सो अध्ययन, अनुसन्धान तथा सुझावसहितको प्रतिवेदनमा आइटियूले नेपालका लागि उपलब्ध गराएको १२३.३ डिग्री ई(123.3deg. E) अबिटल स्लटलाई संसोधन गराउन आइटियूमा अनुरोध गर्नुपर्ने सुझाव दिईएको छ । सो रिपोर्टको बुँदा नम्बर ५.० मा नेपाल अर्बिटल स्ट्याटस शिर्षकमा ग्राउण्ड स्टेशन एन्टेनाको साइज उपयुक्त म्याच गराउनका लागि पनि हालको एलोकेसन लेभल मिलाउनुपर्ने उल्लेख छ ।

रिपोर्टले ग्राउण्ड एन्टेना केयू ब्याण्डमा १.२ मिटरको हुने र सी ब्याण्डमा १.८ मिटरको हुने लेखिएको छ । त्यसैगरि टिभी ब्रोडकास्टरहरुले सो स्याटेलाइट व्यवसायीकरुपमा प्रयोगमा गर्नको लागि सी ब्याण्डमा अधिक क्षेत्रमा कभरेज हुने किसिमको हुनुपर्ने समेत लेखिएको छ ।

यसको लागि हाल सो अर्बिटल स्लटमा रहेका स्याटेलाइटहरुसँग फ्रिक्वेन्सी कोअर्डिनेशन गर्न निकै कठिन हुने समेत स्पष्टरुपमा भनिएको छ । र यस्तो कोअर्डिनेशनको लागि नेपालको चाहनाअनुसार गर्न १ वा दुई वर्षसम्म लाग्ने बताईएको छ ।

‘हामी निकै सर्तक हुनुपर्नेछ, यो कोअर्डिनेशन प्रकृया नेपालको पक्षमा हुने किसिमको नभएमा नेपालले सो अर्बिटल स्थान व्यवसायीकरुपमा प्रयोग गर्न अनुपयुक्त हुनेछ,’ रिपोर्टमा भनिएको छ ।

यदि अर्बिटल स्लट अर्को उपलब्ध नहुने र नेपालले स्याटेलाइट पठाउने हो भने फाइदाजनक अर्बिटल स्लट ओगटेका अन्तराष्ट्रिय स्याटेलाइट अर्गनाइजेसनसँग लीजमा अर्बिटल स्लट लिन सकिने सुझाव समेत दिईएको छ ।

अध्ययन प्रतिवेदनले आइटियूले उपलब्ध गराएको अर्को अर्बिटल स्लट ५० डिग्री ई. स्याटेलाइट निकै सानो हुने र त्यस्तो सानो साइजको स्याटेलाइट धेरैजसो स्पेसक्राफ्ट उत्पादकहरुले नबनाउने हुँदा सो लन्च गर्नु आर्थिकरुपमा उपयुक्त नहुने समेत प्रतिवेदनले सुझाव दिएकोछ ।

सो रिपोर्टमा १२३.३ डिग्री ई लोकेसनमा केयू ब्याण्ड एलोकेसनमा ५०० मेगाहर्ज र सी ब्याण्ड एलोकेसनमा ३०० मेगाहर्ज हुने विश्लेषण गरिएको छ । यसको आधारमा हेर्दा नेपाललई उपलबध गराईएको सो स्याटेलाइटको पावर र बिम फराकिलोपना धेरै नहुने र यसको लागी केयू ब्याण्डमा २.७ मिटरको एन्टेना र सी ब्याण्डको लागि ५.५ मिटरको एन्टेना चाहिने बताईएको छ । त्यस्तै सो अर्बिटल स्लटमा राखिने स्याटेलाइटका फुटप्रिन्ट मुख्यरुपमा नेपालभित्र मात्र कभरेज हुने उल्लेख छ ।

गत महिना मात्र संचार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाको नेतृत्वमा गएको टोलीले नेपाल र फ्रान्स सरकार तथा नेपाल दूरसंचार प्राधिकरण र फ्रान्सको थालेस एलेनिया स्पेसबीच
१२३.३ डिग्री अबिटल स्लटमा नेपाल समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । सो समझदारीअनुसार भूउपग्रहसम्बन्धी कार्य ३० महिनाभित्र सम्पन्न गर्ने समयसीमा समेत तोकिएको मन्त्रि बाँस्कोटाले त्यसबेला बताएका थिए ।

TK Viber

प्रकाशित: १९ चैत्र २०७५, मंगलवार

Loading...