१८०० मेगाहर्जमा मात्र फ्रिक्वेन्सी अक्सन, कति मूल्यमा बिक्री होला ?

Technology Khabar २३ फाल्गुन २०७५, बिहीबार

१८०० मेगाहर्जमा मात्र फ्रिक्वेन्सी अक्सन, कति मूल्यमा बिक्री होला ?
Classic Tech

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले गरेको फ्रिक्वेन्सी अक्सनमा हाल १८०० मेगाहर्जको मात्र अक्सन हुने भएको छ।बिहिबार अक्सनमा निवेदन दिने अन्तिम दिन दुई कम्पनीहरुले निवेदन दिएका छन् ।तर १८०० मेगाहर्ज ब्याण्डका लागि मात्र दुई कम्पनीको निवेदन परेपछि सो ब्याण्डमा मात्र अक्सन हुने भएको हो ।

दूरसंचार प्राधिकरणका उप निर्देशक रोजाकिरण बासुकलाले १८०० मेगाहर्जका लागि मात्र दुई कम्पनिको निवेदन परेको बताईन् ।

‘परेको निवेदन हेर्दा १८०० मा मात्र एनटिसी र एनसेलको निवेदन परेको छ, बाँकीको लागि पुन सुचना प्रकासित गर्नेछौं,’ उनले टेक्नोलोजीखबरसँग भनिन् ।

एनसेलले भने तीनवटै मेगाहर्ज ब्याण्डहरू ९००/१८००/२१०० को अक्सनमा सहभागी हुन निवेदन दिएको छ । तर एउटा कम्पनीको मात्र निवेदन परेको हुँदा बाँकी दुई फ्रिक्वेन्सीका लागि भने फेरी सुचना प्रकासित हुने प्राधिकरणले जानकारी दिएको छ ।

यसअघि दूरसंचार प्राधिकरणले यहि फागुन २३ गते बिहिबारसम्म सो बाँकी फ्रिक्वेन्सी बढाबढमा सहभागी हुने कम्पनीहरुले निवेदन दिनका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

दूरसंचार प्राधिकरणको पटक पटकको प्रयासपछि मात्र हाल सो बाँकी फ्रिक्वेन्सी अक्सनको प्रकृया शुरु भएको हो ।

निवेदन दिएका दुई कम्पनीहरुले सो प्रकृयाको लागि बैंक ग्यारेन्टिको लागि निवेदन बुझाउने अन्तिम मितिबाट ९० दिनसम्मको समय पाउनेछन् ।

TK Viber

प्रकाशित: २३ फाल्गुन २०७५, बिहीबार

Loading...