रोकिएको फ्रिक्वेन्सी अक्सनको बाटो खुल्यो, सर्वोच्चको आदेश दूरसंचार प्राधिकरणको पक्षमा

Technology Khabar ५ फाल्गुन २०७५, आईतवार

रोकिएको फ्रिक्वेन्सी अक्सनको बाटो खुल्यो, सर्वोच्चको आदेश दूरसंचार प्राधिकरणको पक्षमा
Classic Tech

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले शुरु गरेको तर सर्वोच्च अदालतको आदेशले रोकिएको फ्रिक्वेन्सी अक्सनको प्रकृया पुन: शुरु गर्न सर्वोच्चको नयाँ आदेशसँगै खुला गरिदिएको छ । यसअघि सर्वोच्चमा परेको मुद्धासँगै दोस्रो पटक रोकिएको फ्रिक्वेन्सी अक्सनको प्रकृया फेरी शुरु हुने भएको हो ।

सर्वोच्चका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दूरसंचार प्राधिकरणको पक्षमा निर्णय सुनाएसँगै फ्रिक्वेन्सी अक्सनको बाटो पुन: शुरु हुने भएको हो ।

सर्वोच्चको संयुक्त इजलासले अधिवक्ता सुभाष लामिछाने र अधिवक्ता डिल्ली प्रसाद न्यौपानेको मुद्धामा संयुक्त सुनुवाई गर्दै प्राधिकरणलाई अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।

सो मुद्धामा यसअघि सर्वोच्चले विपक्षि दूरसंचार प्राधिकरण र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई अन्तरिम आदेश जारी गर्नपर्ने वा नपर्ने विषयमा छलफलका लागि बोलाएको थियो साथै फ्रिक्वेन्सी अक्सनको प्रकृयालाई जस्तो अवस्थामा छ त्यहि अवस्थामा राख्ने आदेश दिएको थियो ।

तर आइतवारको सर्वोच्चको निर्णयसँगै अब दूरसंचार प्राधिकरणलाई फ्रिक्वेन्सी अक्सनको प्रकृया पुन शुरु गर्ने बाटो खोलिदिएको हो ।

प्राधिकरणका डेपुटी निर्देशक रेवतीराम पन्थले सर्वोच्चको फैसलासँगै फ्रिक्वेन्सी अक्सनको बाटो खुला भएको बताए । ‘सर्वोच्चले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको छ, अब फ्रिक्वेन्सी अक्सनको प्रकृया प्राधिकरणले पुन शुरु गर्न सक्छ,’ उनले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार प्राधिकरणले आफ्नो आवश्यकताअनुसार प्रकृयाको बारेमा सार्वजनिक सूचना जारी गरेर नै प्रकृयालाई अगाडि बढाउन सक्नेछ ।

TK Viber

प्रकाशित: ५ फाल्गुन २०७५, आईतवार

Loading...