नेपालमै आइफोन किन्ने हो ? त्यसो भए तयार पार्नुस् कम्तिमा लाख रुपैयाँको बिटो, हेर्नुस् मूल्य सूची

Technology Khabar ३० कार्तिक २०७५, शुक्रबार

नेपालमै आइफोन किन्ने हो ? त्यसो भए तयार पार्नुस् कम्तिमा लाख रुपैयाँको बिटो, हेर्नुस् मूल्य सूची

काठमाडौं । नेपाली बजारमा नयाँ आइफोन लाख रुपैयाँ भन्दा अधिक मूल्य तिरेर ग्राहकहरुले किन्नुपर्ने भएको छ ।

बजारमा बजेट आइफोन भनेर चिनिएको आइफोन एक्स आरको सबैभन्दा सस्तो मूल्य नै एक लाख रुपैयाँ भन्दा बढि तोकिएको छ । अन्य भेरिएन्ट र मोडलहरुमध्ये सबैभन्दा महंगो भेरिएन्टको मूल्य २ लाख रुपैयाँ भन्दा बढि रहेको छ ।

एप्पलका आइफोनहरु नेपाली बजारमा उपलब्ध भएका छन् । एप्पलले यहि सेप्टेम्बरमा विश्व बजारमा सार्वजनिक गरेको तीन वटै मोडलका नयाँ आइफोनहरु नेपाली बजारमा आएका हुन् ।

नेपाली बजारमा एप्पलका आइफोनहरु आधिकारीकरुपमा जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्सले भित्र्याउने गरेको छ भने विभिन्न रिटेल स्टोरहरुले बिक्री गर्दै आएका छन् । नेपाली बजारमा आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र बजेट आइफोन भनेर चिनिने आइफोन एक्स आर उपलब्ध भएका हुन् ।

नेपाली बजारमा मंसिरमा मात्र उपलब्ध भएको घोषणा गरिने तयारी कम्पनीले गरेपछि रिटेल कम्पनीहरुको स्टोरमा भने सो फोन उपलब्ध भईसकेको छ ।

नेपालमा आइफोन बिक्री गर्ने रिटेलर मध्येको एक ओलिज स्टोरले आफ्नो स्टोरमा नयाँ आइफोन लिस्टेड गरेको छ जहाँ तीन वटै मोडलहरु उपलब्ध छन् । ओलिज स्टोरकाअनुसार एप्पल आइफोन एक्स एस म्याक्सको ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरिएन्ट उपलब्ध छन् ।

त्यस्तै आइफोन एक्स एसको पनि ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरिएन्ट बिक्रीका लागि राखिएको छ ।

बजेट आइफोन भनेर चिनिने आइफोन एक्स आर पनि नेपाली बजारमा उपलब्ध भएको छ । सो फोनको ६४ जीबी, १२८ जीबी र २५६ जीबी लिस्टेड भएका छन् ।

कति छ नेपाली बजारमा आइफोनको मूल्य

आइफोन एक्स एस म्याक्स

  • आइफोन एक्स एस म्याक्स ६४ जीबी स्टोरेजको मूल्य रु १,७८,०००
  • आइफोन एक्स एस म्याक्स २५६ जीबी स्टोरेजको मूल्य रु २,०२०००
  • आइफोन एक्स एस म्याक्स ५१२ जीबी स्टोरेजको मूल्य रु २,३४,०००

आइफोन एक्स एस म्याक्स नेपाली बजारमा सिल्भर, गोल्ड, स्पेस ग्रे कलर अप्सनमा उपलब्ध हुनेछ ।

आइफोन एक्स एस

  • आइफोन एक्स एस ६४ जीबी स्टोरेजको मूल्य रु १,६२,०००
  • आइफोन एक्स एस २५६ जीबी स्टोरेजको मूल्य रु १,८६,०००
  • आइफोन एक्स एस ५१२ जीबी स्टोरेजको मूल्य रु २,१८,०००

आइफोन एक्स एस नेपाली बजारमा गोल्ड, सिल्भर, स्पेस ग्रे कलर अप्सनमा उपलब्ध रहेको छ ।

आइफोन एक्स आर

  • आइफोन एक्स आर ६४ जीबी स्टोरेजको मूल्य रु १,१९,५००
  • आइफोन एक्स आर १२८ जीबी स्टोरेजको मूल्य रु १,२९,५००
  • आइफोन एक्स आर २५६ जीबी स्टोरेजको मूल्य रु १,४५,८००

आइफोन एक्स आर भने कम्पनीले सार्वजनिक गरेको ६ वटै कलर अप्सनमा उपलब्ध रहेको छ ।

यी तीन वटै आइफोनहरु नेपाली बजारमा औपचारिकरुपमा भने नोभेम्बर २३ तारिखदेखि उपलब्ध भएको घोषणा गरिने छ ।

यो पनि हेर्नुस् –

आइफोनको तीन वटै मोडल नेपाली बजारमा आउँदै, सस्तो आइफोन एक्सआर पनि किन्न पाईने

प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार

Comments are closed.

Loading...