एप्पलको तीन नयाँ आइफोन सार्वजनिक, ड्यूल सिम प्रयोग गर्न मिल्ने, नयाँ एप्पल वाच पनि साथमा

Technology Khabar २८ भाद्र २०७५, बिहीबार

एप्पलको तीन नयाँ आइफोन सार्वजनिक, ड्यूल सिम प्रयोग गर्न मिल्ने, नयाँ एप्पल वाच पनि साथमा

काठमाडौं ।

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले तीन नयाँ आइफोन सार्वजनिक गरेको छ । कम्पनीले स्टीभ जब्स थिएटरमा विशेष इभेन्टको आयोजना गर्दै नयाँ आइफोन तथा अन्य उत्पादनहरु सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको तीन नयाँ आइफोनहरुमध्ये एउटा बजेट आइफोनको रुपमा आएको छ । एप्पलले आइफोन एक्स एस (iPhone Xs), आइफोन एक्स एस म्याक्स (iPhone Xs Max)र आइफोन एक्स आर(iPhone Xr) नाममा तीन नयाँ आइफोन ल्याएको छ ।

आइफोन एक्स एस गत वर्ष सार्वजनिक भएको आइफोन एक्सको सक्सेसरको रुपमा आएको छ भने आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आर नयाँ सिरिजमा आएका हुन् ।

आइफोन एक्स एसमा ५.१ इन्चको सूपर एमालेड डिस्प्ले छ भने आइफोन एक्स एस म्याक्समा ६.५ इन्चको सूपर एमालेड डिस्प्ले छ ।यी दुबै एचडीआर डिस्प्ले आइफोन हुन् । यसमा डल्बी डिजिटल साउण्ड, प्रोक्सिमिटि लाइट, एम्बियन्ट लाइट र फेस आइडी राखिएको छ ।
दुबै आइफोनमा ए १२ बायोनिक प्रोसेसर राखिएको छ । यी फोनहरु ५१२ जीबी स्टोरेज राखिएको छ ।

फोटोका लागि १२ मेगा पिक्सेलको ड्यूल रियर क्यामरा तथा ७ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

त्यसैगरि यी फोनहरुमा ड्यूल सिम सपोर्टका लागि ई सिम टेक्नोलोजी प्रयोग गरिएको छ । चीनका लागि भने ड्यूल सिम नै प्रयोग गर्न सकिने गरि राखिने एप्पलले जानकारी दियो ।

अर्को आइफोन भने विभिन्न कलर अप्सनमा उपलब्ध हुनेछ जसमा ६.१ इन्च एलसिडी डिस्प्ले राखिएको छ । कम्पनीले धेरै भन्दा धेरै उपभोक्तासम्म पुग्नको लागि नयाँ आइफोन ल्याएको बताएको छ । जसमा होम बटन राखिएको छैन् । यो स्मार्टफोनलाई कम्पनीले आइफोन एक्स आर नाम दिएको छ ।

जसमा एउटा मात्र रियर क्यामरा राखिएको छ । यसको क्यामरा १२ मेगापिक्सेलको रहेको छ । त्यस्तै सेल्फीका लागि पनि सात मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा आईपी ६७ प्रोटेक्ट रहेको छ जसले धुलो र पानीबाट फोनलाई बचाउनेछ ।

यो फोन ७४९ अमेरिकी डलरदेखि शुरु हुनेछ भने यो ६४ जीबी, १२८ जीबी र २५६ जीबीसम्म उपलब्ध हुनेछ । यो फोन अक्टोबरमा मात्र उपलब्ध हुनेछ ।

त्यस्तै आइफोन एक्स एस ९९९ अमेरिकी डलर देखि र आइफोन एक्स एस म्याक्स १०९९ अमेरिकी डलरदेखि शुरु हुनेछ । यी फोनहरु सेप्टेम्बरमा नै आउनेछन् ।

यसका साथमा कम्पनीले एप्पल वाच सिरिज फोर पनि सार्वजनिक गरेको छ ।

easy care

प्रकाशित: २८ भाद्र २०७५, बिहीबार