टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई सरकारले बर्खास्त गर्यो

Technology Khabar २९ श्रावण २०७५, मंगलवार

टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई सरकारले बर्खास्त गर्यो

काठमाडौं ।

काठमाडौं । सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट बर्खास्त गरेको छ। मंगलबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीलाई पदबाट बर्खास्त गरेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाएको बैठकपछि सरकारका प्रवक्ता गाेकुल बास्कोटाले संचारकर्मीहरुलाई जानकारी दिए ।

यसअघि पनि वर्तमान सरकारले स्पष्टिकरण सोधेर उनलाई ११ बुँदे निर्देशन सहित एक मौका दिएको थियो । त्यसपछि गत शुक्रबार उनललाई दोस्रो पटक स्पष्टिकरण सोधेको थियो । सो स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै सरकारले उनलाई पदबाट हटाएको हो ।

टेलिकमको प्रबन्ध निर्देशक पदमा तीन वर्षका लागि २०७३ असोजमा कामिनीलाई सरकारले नियुक्त गरेको थियो ।

उनलाई मुख्यगरि फोरजी सेवा बिस्तार गर्न नसकेको, अप्टिकल फाइबरको कार्य अगाडि बढाउन नसकेको, टेलिकमको नाफामा वृद्धि गर्न नसकेको आरोप लाग्दै आएको छ ।

यसअघिको शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि उनलाई तत्कालिन सरकारले हटाउने प्रयास गरेको थियो ।

यो पनि हेर्नुहोस् –

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई अन्तिम मौका, सरकारले फेरी सोध्यो स्पष्टिकरण

टेलिकम प्रबन्ध निर्देशक कामिनीले बुझाईन् स्पष्टिकरणको जवाफ, के छ जवाफको विवरण ?

Global Bank
easy care

प्रकाशित: २९ श्रावण २०७५, मंगलवार

ताजा समाचार