टेलिकम प्रबन्ध निर्देशक कामिनीले बुझाईन् स्पष्टिकरणको जवाफ, के छ जवाफको विवरण ?

Technology Khabar २७ श्रावण २०७५, आईतवार

टेलिकम प्रबन्ध निर्देशक कामिनीले बुझाईन् स्पष्टिकरणको जवाफ, के छ जवाफको विवरण ?

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले आइतवार स्पष्टिकरण पत्रको जवाफ पेश गरेकी छिन् । टेलिकम प्रबन्ध निर्देशक राजभण्डारीले शुक्रबार सरकारले सोधेको स्पष्टिकरणसहितको प्रश्नको जवाफ संचार तथा सूचना प्रविधि मन्त्रालयमार्फत बुझाएकी हुन् ।

उनले सरकारले सोधेको प्रश्नको जवाफसहित स्पष्टिकरणको पत्र बुझाएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।

‘उहाँले आज मन्त्रालयमा स्पष्टिकरण पत्रको जवाफ बुझाउनुभएको छ, सो जवाफसहितको खामबन्दी पत्र हामीले मन्त्रिपरिषदमा पठाउँछौं र मन्त्रिपरिषदले नै सो बारेमा निर्णय गर्नेछ,’ उनले भने ।

टेलिकम प्रबन्ध निर्देशक राजभण्डारीले कम्पनीले हाल गरिरहेका योजनाहरुको बारेमा उल्लेख गरेको र कम्पनीले आगामी आर्थिक वर्षमा गर्ने योजनाहरुसहितको जानकारी पत्रमार्फत गराएको उनी सम्बद्ध स्रोतले बतायो । त्यस्तै यसअघि सरकारले दिएको निर्देशनसहितको कार्ययोजनाको प्रगतिको बारेमा समेत पत्रमा उल्लेख छ ।

सोहि विषयहरुलाई समेटेर टेलिकमले आइतवार नै प्रेस विज्ञप्ति समेत जारी गरेको छ । जसमा चालु आर्थिक वर्षमा कम्पनीले आर्जन गरेको नाफासहित सेवा बिस्तार र क्षमता अभिवृद्धि गरिएको विषयलाई समेटिएको छ । त्यस्तै आगामी वर्षमा गरिने पूर्वाधार विकास, मोबाइल सेवा बिस्तार, इन्टरनेट सेवा बिस्तारलगायतका विषयहरु समेत विज्ञप्तिमा उल्लेख छ ।

यस विषयमा बुझ्न खोज्दा उनले आफू मिटिंगमा रहेको जानकारी दिईन् ।

easy care

प्रकाशित: २७ श्रावण २०७५, आईतवार