शिओमीले भारतमा उत्पादित अर्को फोन ल्यायो, ५.५ इन्च एचडी डिस्प्लेसहितको रेडमी नोट प्राइम

Technology Khabar २८ मंसिर २०७२, सोमबार

शिओमीले भारतमा उत्पादित अर्को फोन ल्यायो, ५.५ इन्च एचडी डिस्प्लेसहितको रेडमी नोट प्राइम

काठमाडौं ।

काठमाडौं, २८ मंसिर । शिओमीले (Xiaomi) भारतमा उत्पादन गरिएको रेडमी टू प्राइम (Redmi 2 Prime) स्मार्टफोन लन्च गरेपछि कम्पनीले मेड ईन इन्डिया नाराअन्तरगत बनाईएको दोस्रो हेडसेट सार्वजनिक गरेको छ । चीनियाँ एप्पल भनेर चिनिने कम्पनीले भारतीय बजारमा रेडमी नोट प्राइम (Redmi Note Prime) स्मार्टफोन सार्वजनिक गरेको छ ।

हाल यो स्मार्टफोन कम्पनीको आधिकारीक वेवसाइट एमआई डटकम तथा अमेजन इन्डियाबाट खरिद गर्न सकिनेछ ।

यो स्मार्टफोनमा ५.५ इन्चको आइपीएस एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ । त्यसैगरी यसमा स्न्यापड्रयागन ४१० (Snapdragon 410 SoC) चीपसेटका साथै क्वाड कोर १.२ गीगाहर्ज सीपीयू प्रयोग गरिएको छ ।MobilesKhabar_02

शिओमीको यो फोनमा २ जीबीको र्याम राखिएको छ भने १६ जीबीको आन्तरिक स्टोरेज क्षमता रहेको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

रेडमी नोट प्राइममा १३ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । १८५ ग्राम तौल रहेको यो फोन ९.४ मिलिमीटर मोटाइको रहेको छ ।

यो फोन एन्ड्रोयड ४.४ किटक्याटमा आधारित एमआईयूआई ७ (MIUI 7) मा आधारित रहेको छ । यसमा दुईवटा फोरजी सिम सपोर्ट गर्दछ । फोनमा ३,१०० एमएएचको ब्याट्री राखिएको छ भने कनेक्टिभिटीका लागि फोरजी एलटिई, वाईफाई, यूएसबी ओटिजी राखिएको छ ।MobilesKhabar_04

‘रेडमी नोट प्राइमको लन्चसँगै हामी खुशीका साथ हाम्रा एमआई फ्यानहरुलाई थपिएको मेमोरी तथा ड्यूल सिम क्षमतासहितको अधिक शक्तिशाली स्मार्टफोनमा स्तरोन्नती हुने अवसर प्रदान गरेका छौं ।’ शिओमीका इन्डिया हेड मनु जैनले भने ।

यो स्मार्टफोन भारतीय बजारमा ८,४९९ भारु अर्थात १३ हजार ६ सय रुपैंया (करिब १२५ अमेरिकी डलर) मा उपलब्ध हुनेछ भने यसको बिक्री भोली मंगलवारदेखि मात्र हुनेछ ।

Global Bank
easy care

प्रकाशित: २८ मंसिर २०७२, सोमबार