शिओमीले ५ एए ब्याट्री सार्वजनिक गर्यो, ७ वर्षसम्म चार्ज रहन सक्ने दाबी

Technology Khabar १६ कार्तिक २०७२, सोमबार

शिओमीले ५ एए ब्याट्री सार्वजनिक गर्यो, ७ वर्षसम्म चार्ज रहन सक्ने दाबी

काठमाडौं ।

काठमाडौं, १६ कात्तिक । चीनियाँ ग्याजेट्स निर्माता कम्पनी शिओमीले बजारमा नयाँ उत्पादन सार्वजनिक गरेको छ ।

कम्पनीले क्रेयोन कलरको जस्तै देखिने रेन्बो ब्याट्री सार्वजनिक गरेको हो । शिओमीले सार्वजनिक गरेको ५ एए (5AA) ब्याट्री १० सेल्स प्याकसहित आउनेछ ।

शिओमीको एमआई रेन्बो डबल ए ब्याट्री कम्पनीको सप्लायर जेडएमआई (Zmi)ले बनाएको हो । यो ब्याट्री हाल चीनियाँ बजारमा मात्र उपलब्ध हुनेछ, जसको मूल्य ९.९ यूआन तोकिएको छ । xiaomi battery

कम्पनीका अनुसार यो जापानीज म्याक्सेल कम्पनीद्धारा बनाईएको कार्बन रडद्धारा निर्माण भएको छ । शिओमीले यो ब्याट्री प्रयोग नगरेपनि उत्पादन मितीबाट ७ वर्षसम्म चार्ज रहिरहन सक्ने दाबी गरेको छ । यो ब्याट्री यात्राको समयमा निकै उपयुक्त हुने बताईएको छ ।

तर यो ब्याट्री चीनभन्दा बाहिरी बजारमा सार्वजनिक हुन्छ वा हुँदैन भन्ने जानकारी छैन् ।

easy care

प्रकाशित: १६ कार्तिक २०७२, सोमबार