नेपालमा नोभेम्बरदेखि विश्वको सबैभन्दा पातलो जियोनी स्मार्टफोन उपलब्ध हुने

Technology Khabar १५ आश्विन २०७१, बुधबार

नेपालमा नोभेम्बरदेखि विश्वको सबैभन्दा पातलो जियोनी स्मार्टफोन उपलब्ध हुने

काठमाडौं ।

काठमाडौं, १५ असोज । स्मार्टफोन निर्माता चीनीयाँ कम्पनी जियोनी मोबाइल्सले आफ्नो सबैभन्दा पातलो स्मार्टफोन जियोनी इ-लाइफ एस ५.१ चीनमा सार्वजनिक गरेपछि नेपाल र भारतमा पनि सार्वजनिक गर्ने भएको छ । यो हेडसेट ५.१ मिमी पातलो छ तथा यसले गिनीज बुक अफ वर्ल्ड रेकर्डसमा आफ्नो नाम दर्ता गरिसकेको छ ।

यो फोनले फोर जी सपोर्ट गर्दछ । यो फोन नेपालमा नोभेम्बरमा सार्वजनिक हुनेछ भने भारतमा पनि नोभेम्बर महिनामा नै सार्वजनिक गरिने बताईएको छ । भारतमा यसको बजार मूल्य भारतीय २० हजार रुपैंया भन्दा कम हुनेछ । Gionee-Elife-S5.1

कम्पनीले नेपालमा हाल यसको बजार मूल्य कति पर्दछ भनेर घोषणा गरेको छैन् । नेपालमा जियोनी मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिका सहायक ब्राण्ड म्यानेजर समिर ढुंगानाका अनुसार यो फोन नोभेम्बरमा नेपाल आउने छ भने यसको बजार मूल्य कति हुने भन्ने स्पष्ट भएको छैन् । तर अन्तराष्ट्रिय बजार मूल्य र भारतीय बजार मूल्यको आधारमा हेर्दा यो फोन स्थानिय बजारमा ४० हजार रुपैंया भन्दा कम मूल्यमा उपलब्ध हुने अनुमान भने गर्न सकिन्छ ।

यो हेडसेट १.२ गीगाहर्ज क्वालकम स्न्यापड्रागन ४०० एमएसएम क्वाडकोर प्रोसेसरयुक्त रहेको छ । यसको स्क्रीन ४.८ इन्चको सुपर एमोलेड छ जसको हाई डेफिनिशन रिजोल्यूशन छ ।12180-3e19fbaf

यसको रियर क्यामरा ८ मेगापिक्सलको छ तथा यो अटो फोकश हो । यसमा एलईडी फ्लास पनि छ । यसको फ्रन्ट क्यामरा सेल्फी लिनको लागि उपयुक्त छ भने यो ५ मेगापिक्सलको छ । यो फोनमा १ जीबीको र्याम छ भने यसमा १६ जीबीको इन्टरनल स्टोरेज छ तर यसमा माइक्रो एसडी सपोर्ट भने छैन् ।

यो एन्ड्रोइड ४.३ मा आधारित छ । यसको अन्य फीचरमा ४ जी, ३ जी, २ जी, वाईफाई जीपीएस तथा ब्लूटूथ छ । यसको ब्याट्रि २१०० एमएएचको छ । जियोनी ईलाइफ एस ५.१ को चीनमा बजार मूल्य १९९९ युआन तोकिएको छ । gioni_s_650_092914060555यस अघि नै नेपालमा जियोनीको ई-लाइफ एस ५.५ नेपाली बजारमा उपलब्ध रहेको छ । जियोनी ईलाइफ एस ५.५मा १.७ गीगाहर्जको अक्टाकोर प्रोसेसर रहेको छ भने ५ इन्चको हाईडेफनिशन स्क्रीन रहेको छ । यो फोनमा २ जीबीको र्याम तथा १६ जीबीसम्मको मेमोरी सपोर्ट रहेको छ । एन्ड्रोयड ४.२ मा आधारीत फोनमा १३ मेगापिक्सलको मुख्य क्यामेरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । यसको ब्याट्रि २१०० एमएएच छ । नेपालमा यसको बजार मूल्य ३६ हजार ५ सय २५ रहेको छ । एजेन्सीको सहयोगमा

 

जियोनी E-Life s5.1 को मुख्य विशेषता

– स्क्रीन: 4.8 इंच सुपर एमोलेड टचस्क्रीन
– प्रोसेसर: क्वॉलकम स्न्यापड्र्यागन 400
– ओएस: एन्ड्रोयड 4.3
– क्यामरा: 8एमपी रियर, 5 एमपी फ्रंट
– र्याम: 1जीबी, इंटरनल स्टोरेज 16जीबी
– मोटाई: 5.2 मिमी
– अन्य फीचर: 4जी, 3जी, 2जी, वाई-फाई, जीपीएस तथा ब्लूटूथ
– ब्याट्रि: 2100 एमएएच
– मुल्य: 37,000 रुपैंयाँ हाराहारी (अनुमानित)

Global Bank
easy care

प्रकाशित: १५ आश्विन २०७१, बुधबार

ताजा समाचार