६ जीबी र्याम भएको विश्वको पहिलो स्मार्टफोन सार्वजनिक, भिभो एक्सप्ले ५ मा ड्यूल कर्ब्ड एज

Technology Khabar २० फाल्गुन २०७२, बिहीबार

६ जीबी र्याम भएको विश्वको पहिलो स्मार्टफोन सार्वजनिक, भिभो एक्सप्ले ५ मा ड्यूल कर्ब्ड एज

काठमाडौं ।

काठमाडौं, २० फागुन । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोले (Vivo) विश्वको पहिलो ६ जीबी र्यामसहितको पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले चीनमा आयोजित कार्यक्रममा ६ जीबी र्याम भएको विश्वको पहिलो स्मार्टफोन एक्सप्ले ५ एलाइट (Xplay 5 Elite) सार्वजनिक गरेको हो ।

यो फ्ल्यागशिप स्मार्टफोन निकै आकर्षक रहेको छ । यसमा दुबैतिर एजसहितको स्क्रीन राखिएको छ, जुन सामसुंगको ग्यालेक्सी एस सिक्स एज (Galaxy S6 Edge) जस्तै देखिन्छ ।vivo_xplay_5_elite_front_back_side

कम्पनीले भिभो एक्सप्ले ५ को बडि ९८ प्रतिशतभन्दा बढि मेटल प्रयोग गरिएको दाबी गरेको छ । यसमा स्पीकर ग्रील तल्लो भागमा नयाँ यूएसबी टाइप सी (USB Type-C) कनेक्टरसँगै राखिएको छ ।

यो स्मार्टफोनमा शक्तिशाली स्न्यापड्रयागन ८२० क्वाड-कोर चीप सेट राखिएको छ भने ६ जीबी र्याम रहेको छ । यसको र्यामको क्षमता अहिलेसम्म स्मार्टफोनमा भएको मध्ये सबैभन्दा शक्तिशाली हो । त्यस्तै यसमा १२८ जीबीको इन्टरनल स्टोरेज रहेको छ ।vivo-xplay-5-6GB-RAM

यो स्मार्टफोनमा एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सन प्रयोग गरिएको छ भने यसमा भिभोको आफ्नै यूआई राखिएको छ ।

यसमा दुबैतिर कब्र्ड भएको ५.४३ इन्चको सूपर एमोलेड (super AMOLED) डिस्प्ले राखिएको छ । जसको रिजोल्यूशन २ के (2K) रहेको छ । कम्पनीले यसको स्क्रीनलाई फुट्नबाट बचाउन विशेष डिजाइन गरेको उल्लेख गरेको छ । यसमा थप कोर्निग गोरिल्ला ग्लास ४ द्धारा सुरक्षित गरेको छ ।vivo-xplay-5-2K-display

भिभो प्ले ५ मा फिंगरप्रिन्ट सेन्सर (fingerprint sensor) राखिएको छ भने कम्पनीले यो डिभाइस अनलक गर्न केबल ०.४ सेकेन्ड मात्र लाग्ने दाबी गरेको छ । स्क्रीन अन भएको बेलामा भने यो प्रकृया ०.२ सेकेन्डमा नै हुनेछ ।

भिभोको नयाँ स्मार्टफोनमा एमआई ५ को जस्तै १६ मेगापिक्सेलको सोनी आईम्याक्स २९८ एपेर्चर (Sony IMX298 aperture) सेन्सरसहितको रियर क्यामरा छ । त्यस्तै सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

शक्तिशाली प्रोसेरर र उच्च क्षमताको र्याम राखिएको फोनलाई चलाउन ३६०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ, जसमा ड्यूल चार्जिग चीप्स रहेका छन् ।vivo-xplay-5-twin-charging

दुई सीम प्रयोग गर्न सकिने यो स्मार्टफोनमा वाईफाई प्लस, फोरजी, हाईफाई ३.० (Hi-Fi 3.0) लगायत कनेक्टिभिटी अप्सन रहेको छ ।

कम्पनीले एक्सप्ले ५ को दुईवटा भर्सन सार्वजनिक गरेको छ, एउटा एक्सप्ले ५ ईलाइट तथा अर्को एक्सप्ले ५ स्ट्याण्डर्ड । एक्सप्ले स्ट्याण्डर्डमा ४ जीबीको र्याम तथा स्न्यापड्रयागन ६५२ चीपसेट राखिएको छ भने अन्य विशेषताहरु समान रहेका छन् ।

भिभो एक्सप्ले ५ ईलाइट एडिसनको मूल्य कम्पनीले ४२८८ यूआन अर्थात करिब ६५४ अमेरिकी डलर तथा स्ट्याण्डर्ड एडिसनको मूल्य ३६९८ यूआन अर्थात करिब ५६४ अमेरिकी डलर तोकिएको छ ।

कम्पनीले यो स्मार्टफोन बजारमा कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी दिएको छैन्  ।

easy care

प्रकाशित: २० फाल्गुन २०७२, बिहीबार