Tag Archives: NCELL Pvt. Ltd.

एनसेल प्रयोगकर्ताका लागि भीआर ‘गेमाथन’ आयोजना हुँदै, १६ वर्ष माथिका सहभागी हुन पाईने

काठमाडौं । वन९७ कम्यूनिकेसन नेपाल प्रालि तथा भारतको सबैभन्दा ठूलो डिजीटल गुड्स मार्केटप्लेस पेटिएमले एनसेल सेवाग्राहीहरुका लागि नेपालमा ‘गेमाथन’ संचालन गर्ने भएको छ । कम्पनीले एनसेल प्रालिसँगको सहकार्यमा गेमिंग इभेन्ट आयोजना गर्न लागेको हो । काठमाडौंको होटल याक एण्ड यतिमा आयोजना हुने सो एक दिने गेमाथनमा सहभागी हुनका लागि प्रतियोगीसँग एनसेलको सिमकार्ड र व्यक्तिको परिचयपत्र हुनुपर्ने मापदण्ड तोकिएको छ । ...

Read More »

एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ योजना बिजेता सिगुलाई रु २ लाख नगद पुरस्कार हस्तान्तरण

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुलाई बिहीबार (मंसिर १९) एक कार्यक्रम माझ रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ । पाँचथरका सिगु यस योजना अन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै ...

Read More »

१८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सन, कुन कम्पनीले कति फ्रिक्वेन्सी, कति मूल्यमा लग्ला ?

NTA_Nepal Telecommunications Authority_NTA

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पहिलो पटक गर्न लागेको फ्रिक्वेन्सी अक्सन अर्थात बोलकबोलमा सहभागी दुई कम्पनीहरुमध्ये एउटाले मात्र फ्रिक्वेन्सी हात पार्नेछ । १८०० मेगाहर्ज ब्याण्डको लागि नेपाल टेलिकम र एनसेलले सो अक्सनमा सहभागी हुने ईच्छासहित निवेदन दिईसकेका छन भने यसअघि नै अक्सन कमिटीले दुबै कम्पनीहरु प्राविधिकरुपमा योग्य भईसकेको बताईसकेका छन् । पुन शुरु हुन लागेको अक्सन प्रकृयाको लागि १८०० मेगाहर्ज ...

Read More »

१८०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी अक्सन प्रकृया पुन शुरु, एनसेललाई शर्तसहित सहभागी गराईने

अनुज राज ढुङ्गेल काठमाडौं । करिब ८ महिनादेखि रोकिएको फ्रिक्वेन्सी अक्सनको प्रकृया नेपाल दूरसंचार प्राधिकरणले अगाडि बढाएको छ । प्राधिकरणको आइतवार बसेको बोर्ड बैठकले यसअघि रोकिएको अक्सन प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको हो । दूरसंचार प्राधिकरणले १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सनलाई अगाडि बढाउने निर्णय गरेको छ भने अक्सन प्रकृयाको लागि गठित समितिलाई सम्पूर्ण कामको जिम्मा दिएकोछ । अक्सनको लागि गठित ...

Read More »

मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा, युट्युब र आईफ्लीक्समा भिडियो स्ट्रिमिङ सित्तैमा

काठमाडौं । एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन् । यो योजना यहि मंसिर १३ गते शुक्रबारदेखि लागु भएको छ । योजनाअन्तर्गत मेरो प्लान सुचारु गरेका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन् र ...

Read More »

एनसेलको भ्वाइस कलबाट हुने आम्दानी घट्यो, इन्टरनेट सेवा प्रदायकहरुसँगको प्रतिस्पर्धा कारण

काठमाडौं । निजी मोबाइल अपरेटर कम्पनी एनसेल प्रालिको मोबाइलबाट हुने आम्दानीमा कमी आएको छ । हालै आएको रिपोर्टअनुसार सन् २०१९ को त्रैमासमा एनसेलको मूख्य व्यवसाय मोबाइलबाट हुने आम्दानी अर्थात भ्वाइस कलबाट हुने आम्दानी ३.५ प्रतिशतको कमी आएको छ । एनसेलको आम्दानी घट्नुमा नेपाली इन्टरनेट सेवा प्रदायकहरुसँगको तिब्र प्रतिस्पर्धालाई मानिएको छ । यसका साथै बिजनेस सपोर्ट सिस्टम माइग्रेसनको कारण पनि आम्दानी ...

Read More »

दूरसंचार प्राधिकरण माथी उठेको प्रश्न, एनसेलको ‘रिचार्जमा चमत्कार’ अफर चिठ्ठा हो वा होईन् ?

काठमाडौं । केहि दिन अघि मोबाइल अपरेटर एनसेल र इन्टरनेट सेवा प्रदायक भायोनेट दुबैले आफ्नो नयाँ प्रबद्र्धनात्मक योजनाहरु सार्वजनिक गरे । दुबै कम्पनीले नयाँ सेवाग्राहीहरुलाई आकर्षित गर्न तथा पुराना ग्राहकहरुलाई थप सेवा दिनका लागि सो प्रबद्र्धनात्मक योजना सार्वजनिक गरेका थिए । यसमध्ये भायोनेटले विभिन्न प्याकेजमा इन्टरनेट सेवा लिँदा सोहि प्याकेजमा रहेर विभिन्न उपहारहरु दिने अफर ल्याएको थियो । एनसेलले भने ...

Read More »

एनसेल मेला ६ वटा शहरमा आयोजना हुने

काठमाडौं । एनसेल प्रा.लि.ले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले बुधबार जनाएको छ । एनसेलले यो मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप आयोजना गर्न लागको हो र यसले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक ...

Read More »

एनसेलको नयाँ एनसेल सेन्टर नेपालगञ्जमा

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगञ्जको पुष्पलाल चोक–२ मा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको छ । एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार एक कार्यक्रम माझ उक्त सेन्टरको उद्घाटन गरेका थिए । संचालनमा आएको उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप रहेको र ग्राहकलाई ...

Read More »

एनसेलले २१ अर्ब १० करोड रुपैयाँ बाँकी पुँजीगत लाभकर तिरे पुग्ने, आयो सर्वोच्च अदालतको पूर्ण पाठ

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई २१ अर्ब १० करोड ३९ लाख रुपैयाँ मात्र बाँकी लाभकर तिरे पुग्ने भएको छ । सर्वोच्च अदालतले एनसेलको लाभकर विवादसम्बन्धी मुद्धाको पूर्ण पाठ सार्वजनिक गर्दै सो निर्णय गरेको हो । एनसेलले ठूला करदाता कार्यालयले आफूलाई निर्धारण गरेको कर गैरकानूनीरुपमा गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो । सोहि निर्णयको पूर्ण पाठअनुसार अब एनसेलले ...

Read More »